अर्थमन्त्री पौडेल र वामदेव गौतमबीच भेटवार्ता « Khabarhub

अर्थमन्त्री पौडेल र वामदेव गौतमबीच भेटवार्ता


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतमबीच आज भेटवार्ता भएको छ ।

पार्टीभित्र उत्पन्न भएको विवादका विषयमा छलफल गर्न पौडेल र गौतमले भेटवार्ता गरेका हुन् ।

यसअघि पौडेलले मंगलवार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटार पुगेर भेटेका थिए । आज उनले गौतमलाई भेटेर पार्टीमा देखिएको विवादबारे छलफल गरेको स्रोतले जनायो ।

केही समयदेखि नेकपामा चरम विवादको अवस्था सिर्जना भएको छ । नेकपाका दोस्रो तहका नेताहरूले पार्टी फुटको संघारमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ११ : ०० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी