राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली « Khabarhub

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । आज दिउँसो बस्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक र मन्त्रिपरिषद् बैठक बस्नुअघि ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

हिजो मात्रै राष्ट्रपति भण्डारीले  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी थिइन् । उनले  प्रचण्डलाई सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका छन्। बहुमत सचिवालय सदस्यहरू भने बैठक गर्ने पक्षमा रहेपछि ओलीले मन्त्रिपरिषद् बैठक आजका लागि बोलाएका छन् ।

केही समययता नेकपामा आन्तरिक विवाद चर्किएको छ । यसअघि सचिवालय बैठकमा प्रचण्डले प्रस्ताव पेश गरेपछि पार्टी विवाद उत्कर्षमा पुगेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ११ : २८ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी