राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । आज दिउँसो बस्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक र मन्त्रिपरिषद् बैठक बस्नुअघि ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

हिजो मात्रै राष्ट्रपति भण्डारीले  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी थिइन् । उनले  प्रचण्डलाई सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका छन्। बहुमत सचिवालय सदस्यहरू भने बैठक गर्ने पक्षमा रहेपछि ओलीले मन्त्रिपरिषद् बैठक आजका लागि बोलाएका छन् ।

केही समययता नेकपामा आन्तरिक विवाद चर्किएको छ । यसअघि सचिवालय बैठकमा प्रचण्डले प्रस्ताव पेश गरेपछि पार्टी विवाद उत्कर्षमा पुगेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ११ : २८ बजे

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्