वीर अस्पतालका स्वास्थ्यकर्मी ३१ दिनदेखि आन्दोलित « Khabarhub

वीर अस्पतालका स्वास्थ्यकर्मी ३१ दिनदेखि आन्दोलित


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वीर अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन ३१ दिन हुँदा पनि अझै उनीहरूको मागको सुनुवाई भएको छैन ।

कोभिड-१९ मा काम गरेको भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै स्वास्थ्यकर्मीहरु ३१ दिनदेखि आन्दोलित छन् । तर, उनीहरूको माग अझै सम्बोधन भएको छैन ।

कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरुको मनोवल गिराउने काम सरकार गरेको उनीहरुको आरोप छ ।

आफूहरुले पाउँदै आएको सेवा सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै कात्तिक २ गतेबाट सुरु भएको आन्दोलन ३१औँ दिनमा पनि जारी रहेको नेपाल चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए ।

आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरुले सरकारले तोकेको सेवा सुविधासमेत पदाधिकारीहरुले नदिने गरेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १२ : ४८ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु