भिसा अवधि सकिएका श्रमिकहरुले डिसेम्बर अन्त्यसम्म यूएई छाडे जरिवाना नलाग्ने « Khabarhub

भिसा अवधि सकिएका श्रमिकहरुले डिसेम्बर अन्त्यसम्म यूएई छाडे जरिवाना नलाग्ने


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना महामारी कारण भिसा अवधि सकिएर अवैधानिक रुपमा संयुक्त अरब इमिरेट्स (यूएई)मा विदेशी श्रमिकहरुले  डिसेम्बर अन्त्य मुलुक छाडे कुनै पनि जरिवाना नलाग्ने भएको छ ।

मार्च १ भन्दा अघि भिसा समाप्त भएपछि युएईमा गैरकानूनी रूपमा बसोबास गरिरहेका श्रमिकहरुले यस वर्षको अन्त्यसम्म विना जरिवाना देश छोड्नुपर्ने त्यहाँको पहिचान र नागरिकता सम्बन्धी संघीय प्राधिकरणले जनाएको छ ।

यसअघि यूएई सरकारले मार्च १ भन्दा अघि भिसाको म्याद सकिएको विदेशी नागरिकलाई (आज) अर्थात् १७, नोभेम्वरसम्म आममाफीको समय तोकेको थियो । तर अहिले यो अवधि बढाएर डिसेम्बर अन्त्यसम्म पुर्‍याएको हो ।

ओभर स्टेको जरिबाना तथा अन्य कागजातहरु ‘वर्क परमिट’ र ‘इमिरेटस आइडी’ मा लाग्ने फाइन लगायतकाले डिसेम्बर अन्तिम भित्रमा मुलुक छोडेमा उनीहरूलाई सबै जरिवानाबाट छुट दिइने पहिचान र नागरिकता (आईसीए) को संघीय प्राधिकरणका विदेश मामिला तथा बन्दरगाहका महानिर्देशक मेजर जनरल सईद रकन अल रशीदीले बताए ।

यता,एनआरएनए, एनसीसी यूएईका उपाध्यक्ष पासाङ शेर्पाले पनि यूएई सरकारलाई धन्यवाद दिदै मार्च १ भन्दा पहिले भिसा सकिएर अवैधानिक बनेका सबैका लागि यूएई सरकारले १७, नोवेम्बर सम्म तोकेको आम माफी ३१ डिसेम्बरसम्म बढाएको बताए ।

उनले यो थपिएको समयको सदुपयोग गर्न यूएईमा अवैधानिक रुपमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : ४६ बजे

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै