धादिङमा ट्रकको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध « Khabarhub

धादिङमा ट्रकको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- त्रिभुवन राजपथको नागढुङ्गा नौविसे सडकखण्ड अन्तरगत खानीखोला बजारमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

दिउँसाे साढे तीन बजेतिर काठमाडौंट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्वरको ट्रकले धुनीवेशी ७ का स्थानीय रितेश तामाङलाई ठक्कर दिँदा तामाङको घटनास्थलमै मृत्यु भएको थियो।

स्थानीय बालकको मृत्यु भएपछि चालकलाई कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै राजमार्ग दुवैतर्फ बन्द गराएका हुन्।

घटनापछि ट्रकका चालक र सहचालक इलाका प्रहरी कार्यलय खानीखोलाको नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाको टोलीले पीडित पक्षहरुलाई आन्दोलन नगर्न आग्रह गरेको भएपनि स्थानीयले राजमार्ग ठप्प पारेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ६ : १७ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका