नेकपा कुनै हालतमा फुट्दैन : मन्त्री अर्याल « Khabarhub

नेकपा कुनै हालतमा फुट्दैन : मन्त्री अर्याल


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेकी छन् ।

“पार्टीभित्रका समस्या छलफलबाट टुङ्गिन्छ”, चापाकोटमा राधादामोदर माविको चार कोठे भवनको आज उद्घाटन गर्दै उनले भनिन्, “फुटको स्वाद लिएर आएका पार्टी फुट्दैनन् ।”

मन्त्री अर्यालले बाहिर आए जस्तै पार्टीमा ठूलो समस्या छैन । कार्यशैलीगत एजेण्डा छलफलबाटै मिल्छ भन्दै जीवन्त तथा गतिशील पार्टीमा यस्ता छलफल स्वभाविक भएकाले आआफ्नो काम कर्तव्यमा केन्द्रित भएर लाग्न सबैमा आग्रह गरिन् ।

शैक्षिक गुणस्तर वृद्धि गर्न सकिएन भने विकास सम्भव नहुने बताउँदै उहाँले सूचना र प्रविधिको युगमा विद्यालयको भौतिक संरचना, वातावरण, शैक्षिक सामग्री, शिक्षकलाई समेत सोहीअनुसारका तालिम दिएर अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

मन्त्री अर्यालले सरकार एक पालिका एक प्राविधिक शिक्षालयको अभियानका साथ अगाडि बढेको उल्लेख गर्दै सीपसहितको शिक्षा, विदेशिन नपर्ने शिक्षा, आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने भावना जागृत गर्ने शिक्षा आजको आवश्यकता हो भनिन् । प्राविधिक शिक्षाले नै सबैलाई स्वरोजगार बनाउने हुँदा प्रविधिको अधिकतम प्रयोग गरेर शिक्षण सिकाइ गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै