नेकपा कुनै हालतमा फुट्दैन : मन्त्री अर्याल « Khabarhub

नेकपा कुनै हालतमा फुट्दैन : मन्त्री अर्याल


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेकी छन् ।

“पार्टीभित्रका समस्या छलफलबाट टुङ्गिन्छ”, चापाकोटमा राधादामोदर माविको चार कोठे भवनको आज उद्घाटन गर्दै उनले भनिन्, “फुटको स्वाद लिएर आएका पार्टी फुट्दैनन् ।”

मन्त्री अर्यालले बाहिर आए जस्तै पार्टीमा ठूलो समस्या छैन । कार्यशैलीगत एजेण्डा छलफलबाटै मिल्छ भन्दै जीवन्त तथा गतिशील पार्टीमा यस्ता छलफल स्वभाविक भएकाले आआफ्नो काम कर्तव्यमा केन्द्रित भएर लाग्न सबैमा आग्रह गरिन् ।

शैक्षिक गुणस्तर वृद्धि गर्न सकिएन भने विकास सम्भव नहुने बताउँदै उहाँले सूचना र प्रविधिको युगमा विद्यालयको भौतिक संरचना, वातावरण, शैक्षिक सामग्री, शिक्षकलाई समेत सोहीअनुसारका तालिम दिएर अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

मन्त्री अर्यालले सरकार एक पालिका एक प्राविधिक शिक्षालयको अभियानका साथ अगाडि बढेको उल्लेख गर्दै सीपसहितको शिक्षा, विदेशिन नपर्ने शिक्षा, आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने भावना जागृत गर्ने शिक्षा आजको आवश्यकता हो भनिन् । प्राविधिक शिक्षाले नै सबैलाई स्वरोजगार बनाउने हुँदा प्रविधिको अधिकतम प्रयोग गरेर शिक्षण सिकाइ गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : १३ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच