चीनले ‘मुसलमानमाथि दमन’ गरेको भन्दै मुस्लिम समुदायद्वारा वीरगञ्जमा प्रदर्शन « Khabarhub

चीनले ‘मुसलमानमाथि दमन’ गरेको भन्दै मुस्लिम समुदायद्वारा वीरगञ्जमा प्रदर्शन


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुस्लिम समुदायले चीनले ‘मुसलमानमाथि दमन र अत्याचार’ गरेको भन्दै वीरगञ्जमा प्रदर्शन गरेका छन् ।

चीनमा उइँगुर समुदायका मुसलमानमाथि ‘दमन’ भएको तथा मानवअधिकार हननका घटना बढेको जनाउँदै उनीहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन ।

उनीहरू उइँगुर मुलसमानको मानवअधिकारको रक्षा गर, उइँगुर समुदायमाथि भएको अत्याचार बन्द गर, उइगुर मुस्लिमलाई स्वतन्त्रता देउ’ लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका थिए ।

उइगुर समुदायमाथिको ‘दमन’ रोक्न माग गर्दै उनीहरुले पर्सा जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका हुन ।

आफूहरुले चीनमा उइगुर समुदायमाथि भइरहेको दमनको विरोधमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख सहायक जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको मौलाना अलि असगर मदनीले जानकारी दिए ।

उइँगर समुदायमाथि चिनियाँ ‘दमन’ भएको भन्दै यसअघि पनि नेपालमा रहेका मुस्लिमहरूले काठमाडौं, रुपन्देही लगायतका विभिन्न जिल्लामा चीनविरुद्ध प्रदर्शन गरेका थिए ।

नेपाली मुलसमानहरूले यस विषयमा काठमाडौंस्थित चिनियाँ दूतावासमा समेत ज्ञापन पत्र बुझाइसकेको जनाएका छन् ।

चीन सरकारले १८ लाख उइँगुर मुसलमानहरूलाई कैद गरी शिविरमा राखेर यातना दिएको उनीहरुको आरोप छ ।  चीनमा उइँगुर मुसलमानहरूलाई रोजा बस्न र बुर्खा लगाउन बन्देज गरेको भन्दै नेपाली मुसलमानहरूले चिनियाँ सरकारको विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ११ : १० बजे

तीन वर्षीया बालिका गरिमा चौधरी हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक