आज २०७७ पुस ३ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७७ पुस ३ गते शुक्रबारको राशिफल


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ पुस ३ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक सद्भाव बढ्नेछ । विपरित लिंगीबाट विशेष सहयोग मिल्ला । शरीर आलश्य होला । खानपानमा विशेष ध्यान दिनु होला । अध्ययन अध्ययापन सोचेजस्तो हुने छैन । कारोबार गर्दा सचेत रहनुहोला ।

 वृष (इ, , , , वा, वि, वु, वे, वो)

छोटो यात्राको योग छ । साथीभाईको जमघट हुनेछ । आम्दानी बढे पनि अनावश्यक ठाउँमा धन खर्च हुँदा बचत हुनेछैन । बोली विपरितको अर्थ लाग्दा प्रेममा मनमुटाव हुन सक्छ ।

 मिथुन (का, कि, कु, , , , के, को, हा)

हर्ष र उमंग छाउनेछ । लामो समयदेखि अधुरा रहेका काम पूरा हुनेछन्। साथिभाईको सहयोग रहनेछ । छिट्टै विश्वास गर्दा धोका पाइएला । लेनदेनमा विवाद आउन सक्छ । अध्ययन अध्यापन मध्यम हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सहजै कार्य सम्पादन हुनेछ । मुद्दा मामिलामा सफलता प्राप्त होला । विशेष उपहार प्राप्तिको योग छ । घरमा पाहुनाको आगमन पनि हुन सक्नेछ । मिष्ठान्न भोजनको अवसर छ । धर्म,कर्ममा मन लाग्नेछ । सामाजिक पदप्रतिष्ठापनि प्राप्त हुन सक्छ । प्रेम सम्बन्धमा भने खटपट हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोकिएका काम अघि बढ्न सक्छन् । आफ्ना योजना गोप्य राख्दा राम्रो हुनेछ । साथीभाईसँगको भेटघाटले मन प्रसन्न हुनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । अध्ययनमा सफलता मिल्ला ।

कन्या (टो, पा, पि, पु, , , , पे, पो)

जोश जाँगर र हिम्मत बढ्नेछ । काममा सफलता मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धन आउन सक्छ। वित्तीय संस्थाबाट सहयोग मिल्नेछ । खर्च पनि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कला र गलाको प्रभाव बढ्नेछ । मनका शान्ति र कान्ती छाउनेछ ।  शुभ समाचार सुन्न पाइएला । मेहनतको प्रशंसा गर्नेहरूको कमी हुने छैन । नयाँ कामको प्रस्ताव आउनेछ । मनमा हर्ष र उमंग छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ योजना सुरू गर्ने सोचमा हुनुहुन्छ भने अहिले नगरेकै राम्रो । काम विगार्नेहरू सक्रिय हुनेछन् । कुनै पनि काम गोप्य ढंगले गर्दा उत्तम होला । खर्च बढ्नेछ । शरीर भारी भएको महशुष हुनेछ । उत्तरार्धपछि भने साथिभाईसँगको भेटले उमंग छाउला । प्रेमी प्रेमीकाबीचको सम्बन्ध मध्यम रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आजको दिन उत्साहजनक ढंगले बित्नेछ । योजना कार्यान्वयनका लागि उपयुक्त समय छ । मनमा उत्साह र उमंग छाउला । आत्मबलमा बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

नयाँ योजना कार्यान्वयनमा आउन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढे पनि शैक्षिक क्षेत्र मध्यम नै रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पहिचान हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मित्र मिलनको योग छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसाय गर्नेका लागि पनि समय श्रेष्ठकर छ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

स्वास्थ्य प्रतिकूल हुनेछ । अनाव्यकरूपमा खर्च बढ्नेछ । सोचेको काम अघि नबढ्दा दिक्दारी लाग्नेछ । मन चञ्चल हुनेछ । कुनै पनि काम गर्नअघि सोचविचार र गोप्य ढंगले गर्नु होला । मुद्दा मामिला आइलाग्ला । सरकारी निकायको भय हुनेछ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ५ : ३३ बजे

समानुपातिकतर्फ हालसम्म कुन दलले कति मत पाए?

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक

युवती हत्या प्रकरणमा सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

बैतडी- जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा

बालकृष्णसँग गंगाको अग्रता थप फराकिलो

दोलखा – प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा

चम्पावती हाइड्रोले आईपीओ निष्काशन गर्ने

काठमाडौं – चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण

आलु उत्पादन गरेर जीविकोपार्जन गर्दै किसान

सिन्धुपाल्चोक – जिल्लाको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानका