सन्तोष शाह ‘बीबीसी मास्टरसेफ’को उत्कृष्ट तीनमा सीमित « Khabarhub

सन्तोष शाह ‘बीबीसी मास्टरसेफ’को उत्कृष्ट तीनमा सीमित


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाककलासम्बन्धी बीबीसीको टेलिभिजन प्रतिस्पर्धा ‘मास्टरसेफ यूके’मा नेपाली सेफ सन्तोष शाह ‘उत्कृष्ट तीन’ मै सीमित भएका छन् ।

उपाधि नजिते पनि नेपाली खानालाई विश्वमञ्चमा पुर्‍याउन सफल भएकोमा भने उनले खुशी व्यक्त गरेका छन् ।

एकपछि अर्को नेपाली खाना चखाएर निर्णायकहरूको मन जितके शाहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसक्दा बिजेता बन्न सकेनन् ।

‘ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु, मेरा लागि यो पनि उपाधि नै हो,’ सिरहा कर्जन्हाका ३५ वर्षीय शाहले भने ।

प्रतियोगिताको उपाधि बेलायतका २५ वर्षीय एलेक्स वेबले जितेका छन् ।

शीर्ष चारको प्रतिस्पर्धामा उनले सेफ्स टेबल राउण्डमा जिम्बुले झानेको भेडाको मासु बनाएका थिए।

यससँगै उनले रायोको साग, पुदिनाको परौठा, साँधेको भटमास, क्रिस्पी प्याज, स्पाइसी सोयाबिन क्रम्ब्स, बोन म्यारो करी ससलगायत अन्य परिकारहरु पनि जजहरु सामु पस्किएका थिए ।

प्रतियोगिताका प्रत्येक चरणमा नेपाली परिकार पस्किँदै उनी मास्टर सेफको शीर्ष तीनमा पुगेका हुन् ।

नेपाली टोपी लगाएर मास्टर सेफको प्रतियोगितामा सहभागी सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनुपर्ने राउन्डमा आमालाई सम्झिएर खानाका परिकारहरु बनाएका थिए ।

प्रतियोगिताको दोस्रो राउन्डमा सन्तोषलाई आफूलाई सबैभन्दा मनपर्ने मानिसका लागि खाना बनाउन भनिएको थियो । जसमा सन्तोषले आफ्नी आमालाई सम्झदै परिकार बनाए।

उनले आमालाई सम्झदै भिन्डी, गंगटाको करी, भुटेको खुर्सानी, खिर, आँप र नरिवलको चटनी, आलु, मेथी र अनारको सलाद, केसर हालिएको भात, तारेको हरियो खुर्सानीसँगै पूरी बनाएका थिए ।

नेपाली खाना बनाएर निर्णायकको मन जित्दै फाइनलसम्म पुगेका सन्तोषले यसअघि निर्णायकलाई कोदोको खिर चखाएका थिए ।

उनले कोदोको खीरसँगै आँपको कुल्फी र आँपको अमौरा पनि जजसामु पस्किएका थिए । उनले नेवारी परिकार योमरीको स्वाद पनि निर्णायकहरूलाई चखाएका थिए ।

त्यसैगरी उनले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार भुटेको कांक्रोको बियाँ, वन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चट्नीजस्ता मौलिक नेपाली खानाका परिकारहरु बनाएर उनले जजहरुको मन जितेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ८ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै