सन्तोष शाह ‘बीबीसी मास्टरसेफ’को उत्कृष्ट तीनमा सीमित « Khabarhub

सन्तोष शाह ‘बीबीसी मास्टरसेफ’को उत्कृष्ट तीनमा सीमित


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाककलासम्बन्धी बीबीसीको टेलिभिजन प्रतिस्पर्धा ‘मास्टरसेफ यूके’मा नेपाली सेफ सन्तोष शाह ‘उत्कृष्ट तीन’ मै सीमित भएका छन् ।

उपाधि नजिते पनि नेपाली खानालाई विश्वमञ्चमा पुर्‍याउन सफल भएकोमा भने उनले खुशी व्यक्त गरेका छन् ।

एकपछि अर्को नेपाली खाना चखाएर निर्णायकहरूको मन जितके शाहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसक्दा बिजेता बन्न सकेनन् ।

‘ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु, मेरा लागि यो पनि उपाधि नै हो,’ सिरहा कर्जन्हाका ३५ वर्षीय शाहले भने ।

प्रतियोगिताको उपाधि बेलायतका २५ वर्षीय एलेक्स वेबले जितेका छन् ।

शीर्ष चारको प्रतिस्पर्धामा उनले सेफ्स टेबल राउण्डमा जिम्बुले झानेको भेडाको मासु बनाएका थिए।

यससँगै उनले रायोको साग, पुदिनाको परौठा, साँधेको भटमास, क्रिस्पी प्याज, स्पाइसी सोयाबिन क्रम्ब्स, बोन म्यारो करी ससलगायत अन्य परिकारहरु पनि जजहरु सामु पस्किएका थिए ।

प्रतियोगिताका प्रत्येक चरणमा नेपाली परिकार पस्किँदै उनी मास्टर सेफको शीर्ष तीनमा पुगेका हुन् ।

नेपाली टोपी लगाएर मास्टर सेफको प्रतियोगितामा सहभागी सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनुपर्ने राउन्डमा आमालाई सम्झिएर खानाका परिकारहरु बनाएका थिए ।

प्रतियोगिताको दोस्रो राउन्डमा सन्तोषलाई आफूलाई सबैभन्दा मनपर्ने मानिसका लागि खाना बनाउन भनिएको थियो । जसमा सन्तोषले आफ्नी आमालाई सम्झदै परिकार बनाए।

उनले आमालाई सम्झदै भिन्डी, गंगटाको करी, भुटेको खुर्सानी, खिर, आँप र नरिवलको चटनी, आलु, मेथी र अनारको सलाद, केसर हालिएको भात, तारेको हरियो खुर्सानीसँगै पूरी बनाएका थिए ।

नेपाली खाना बनाएर निर्णायकको मन जित्दै फाइनलसम्म पुगेका सन्तोषले यसअघि निर्णायकलाई कोदोको खिर चखाएका थिए ।

उनले कोदोको खीरसँगै आँपको कुल्फी र आँपको अमौरा पनि जजसामु पस्किएका थिए । उनले नेवारी परिकार योमरीको स्वाद पनि निर्णायकहरूलाई चखाएका थिए ।

त्यसैगरी उनले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार भुटेको कांक्रोको बियाँ, वन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चट्नीजस्ता मौलिक नेपाली खानाका परिकारहरु बनाएर उनले जजहरुको मन जितेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ८ : ४९ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा