वैशाखमा आउला त मेलम्चीको पानी ? « Khabarhub

वैशाखमा आउला त मेलम्चीको पानी ?



काठमाडौँ– बहुप्रतिक्षित खानेपानी आयोजना मेलम्चीको काम कहिले सम्पन्न हाला ? वर्षौदेखि काठमाडौँवासीका मनमा खेलिरहेको प्रश्न हो यो ।

सरकारले यसअघि मेलम्ची आयोजनाको पानी काठमाडौँ आइपुग्ने मिति पटकपटक तोक्यो । तर तोकिएको समयमा काठमाडौँबासीको धारामा पानी झर्नु भन्दा पनि आयोजनाको काम समेत सम्पन्न हुन सकेन ।

सम्बन्धित निकायको ढिलासुस्तीका कारण मेलम्चीको पानी काठमाडौँ आइपुग्न अझैं अनिश्चित जस्तै देखिएको छ ।

तर खानेपानी तथा सरसफाई मन्त्रालयले भने आगामी ४ महिनाभित्र राजधानीवासीका धारामा मेलम्चीको पानी झर्ने दाबी गर्दै आएको छ ।

मन्त्रालयले अब कुनै पनि प्राविधिक समस्या नआए आगामी ४ महिनाभित्र आयोजनाको काम सम्पन्न भई उपत्यकाका धारामा मेलम्चीको पानी झर्ने जनाएको छ ।

के हुँदै छ काम ?

आयोजनाको परीक्षणको क्रममा अडिट टनेलको गेट फुस्किएपछि अहिले मर्मतको काम भइरहेको छ ।

अम्बाथान, ग्याल्थुम, सिन्धु गरी तीन अडिट टनेल र सुन्दरीजल आउलेट सहित चार वटा गेट करेक्सनको काम चलिरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

ती चार वटै स्थानमा कंक्रिट प्लग राखेर त्यसमाथि स्टिल फ्रेम राखिएको आयोजनाका प्रमुख राजेन्द्र पन्तले जानकारी दिए । हेडवक्र्स र विभिन्न संरचनामा कंक्रिट गर्ने काम अन्तिम चरणमा रहेको पन्तले खबरहबलाई बताए । ‘कंक्रिट सकिए लगात्तै त्यहाँ हाइट्रो मेकानिकल जडान हुन्छ’ उनले भने, ‘त्यसपछि विद्युतीकरण र स्टुमेन्टेसन काम हुनेछ ।’

पन्तकाअनुसार कंक्रिट प्लगले एक महिनामा फुल स्ट्रेन्थ दिनेछ सोही कारण गेट जडान हुन सकेको छैन ।

त्यस्तै मेलम्ची आयोजना सम्पन्नको अन्तिम तयारी हुँदा आयोजनाको गेटमा गत असार ३० मा परीक्षण गर्दा सुरुङको गेट फुस्किदा दुर्घटना समेत भएको थियो ।

उक्त दुर्घटनामा परी एक जना इन्जिनियरको मृत्यु समेत भएको थियो । घटनाको विषयमा अध्ययन गर्न बनेको प्राविधिक टोलीले मेलम्ची खानेपानी आयोजनामा गम्भीर प्राविधिक त्रुटी भएको जनाएको थियो ।

पन्तका अनुसार अहिले सुरुङतर्फ त्रुटिहरु सच्याउने काम सम्पन्न हुने चरणमा रहेको छ ।

‘कंक्रिकटको काम सकिएसँगै जडानका कामहरु करिब एक महिना लाग्छ’ उनले खबरहबसँग भने, ‘चैत्र मसान्तसम्म हेडवक्र्सका सबै कामहरु सकिन्छन् ।’

‘सुरुङको सुधारका काम सम्पन्न हुनासाथ विदेशी विशेषज्ञको प्राविधिक समुहद्धारा परीक्षण अवलोकन हुन्छ र उक्त समुहले प्रतिवेदन दिन्छ सोही प्रतिवेदनका आधारमा सुरुङको पुनः परीक्षण गर्छौ’ जानकारी दिदैं पन्तले भने, ‘जनवरीको सुरुवातसँगै यो काम अघि बढ्नेछ ।’

उनकाअनुसार सुरुङको परीक्षण गर्न करिब २ महिना लाग्नेछ । हेडवक्र्सको ८० प्रतिशत भौतिक प्रगति भएको उनले बताए ।
‘हेडवक्र्समा अब गेट जडान, इन्स्ट्रुमेन्टेसन लगायतका कामहरु बाँकी छन् जसमा साना ठुला गरी १५ वटा गेट जडान हुन्छन्’ उनले भने, ‘स्थायी हेडवक्र्स निर्माण करिब चैत्र मसान्त सम्पन्न भइसक्छ त्यसपछि त्यसको परीक्षण हुन्छ र काम सकिन्छ ।’

यद्यपी प्राविधिक विशेषज्ञहरुको अवलोकन र प्रतिवेदनका आधारमा कहिले पानी हाल्ने भन्छन् त्यही अनुसार पानी हाल्ने काम सुरु हुने पन्तको भनाइ छ ।

उक्त आयोजनामा विभिन्न ठेकेदार कम्पनीहरुले काम अलपत्र पार्ने बीचमै छाड्ने जस्ता कारण धेरैपटक कम्पनी फेरिए । सन् २००९ देखि २०१२ सम्म चिनियाँ कम्पनी सीआरसीसीले काम गरेको थियो । त्यस्तै २०१४ मा इटालियन कम्पनी सीएमएसीले ठेक्का पायो । सीएमएसीले २०१८ मा छोड्यो ।

त्यसपछि सन् २०१९ सेप्टेम्बरदेखि सिनो हाइड्रोले काम गरिरहेको छ।

३१ अर्ब ३६ करोड कुल लागत रहने आयोजनामा ३० अर्ब खर्च भइसकेको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १ : ५० बजे

आठ महिनामा सोह्र औषधि पसल निलम्बनमा

नेपालगन्ज– औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

काठमाडौं– बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न

किसानलाई पतिङर सोहोर्ने चटारो

महोत्तरी- अहिले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ वनक्षेत्रमा पतिङर सोहोर्न महोत्तरीको उत्तरी

असिनाले फलफूल र तरकारी बालीमा क्षति

गण्डकी– असिनाका कारण पोखराका विभिन्न भू-भागमा तरकारी तथा फलफूल खेतीमा

एन्फा गेट अगाडि क्लबहरूको नाराबाजी : मनपरी तालिका मान्य छैन

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकलौटी तवरले सहिद स्मारक