उखु किसानको आन्दोलनमा सहभागी भए कांग्रेस वरिष्ठ नेता पौडेल « Khabarhub

उखु किसानको आन्दोलनमा सहभागी भए कांग्रेस वरिष्ठ नेता पौडेल


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बक्यौता रकम नपाएको भन्दै प्रदर्शनरत उखु किसानको आन्दोलनमा नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएको छ ।

काठमाडौँकाे माइतीघर मण्डलामा उखु किसानले गरेको प्रदर्शनमा सहभागी हुँदै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उनीहरुको मागमा ऐक्यबद्धता जनाएका छन् ।

शुक्रबार माइतीघरमा आन्दोलनरत किसानहरूलाई भेटेपछि नेता पौडेलले भने, ‘कांग्रेस किसानको पार्टी, मजदुरको साथी हो, हामी हरेक समस्याको समाधानका लागि तपाईंहरूसँग छौँ, मेरो पूर्ण ऐक्यबद्धता छ ।’

उनले उखु किसानका माग तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

यसअघि कांग्रेस संसदीय दलको कृषि तथा पशुपक्षी मन्त्रालय समन्वय समितिले  पैसा नतिर्ने उद्योगीलाई कारबाही माग गरेको थियो ।

बक्यौता रकम चुक्ता गराउनका लागि प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन कांग्रेसले सरकारसँग माग गरेको हो।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ५ : ०७ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ