उखु किसानको आन्दोलनमा सहभागी भए कांग्रेस वरिष्ठ नेता पौडेल « Khabarhub

उखु किसानको आन्दोलनमा सहभागी भए कांग्रेस वरिष्ठ नेता पौडेल


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बक्यौता रकम नपाएको भन्दै प्रदर्शनरत उखु किसानको आन्दोलनमा नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएको छ ।

काठमाडौँकाे माइतीघर मण्डलामा उखु किसानले गरेको प्रदर्शनमा सहभागी हुँदै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उनीहरुको मागमा ऐक्यबद्धता जनाएका छन् ।

शुक्रबार माइतीघरमा आन्दोलनरत किसानहरूलाई भेटेपछि नेता पौडेलले भने, ‘कांग्रेस किसानको पार्टी, मजदुरको साथी हो, हामी हरेक समस्याको समाधानका लागि तपाईंहरूसँग छौँ, मेरो पूर्ण ऐक्यबद्धता छ ।’

उनले उखु किसानका माग तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

यसअघि कांग्रेस संसदीय दलको कृषि तथा पशुपक्षी मन्त्रालय समन्वय समितिले  पैसा नतिर्ने उद्योगीलाई कारबाही माग गरेको थियो ।

बक्यौता रकम चुक्ता गराउनका लागि प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन कांग्रेसले सरकारसँग माग गरेको हो।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ५ : ०७ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र