अहिले भेला गर्ने समय होइन : उपाध्यक्ष गौतम  « Khabarhub

अहिले भेला गर्ने समय होइन : उपाध्यक्ष गौतम 


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रको विवाद बैठकबाटै समाधान गर्नुपर्ने बताएका छन् ।

नेकपाको विवाद चरमउत्कर्षमा पुगेका बेला उनले अहिले अध्यक्षद्वयले गुटगत भेला नगरी विवाद समाधानतर्फ लाग्नुपर्ने बताए ।  उनले आफू कुनै भेलामा सहभागी नहुने समेत बताएका छन् ।

उपाध्यक्ष गौतमका प्रेस सल्लाहकार विश्वमणि सुबेदीका अनुसार गौतमले आफू भेलामा नगए पनि पाँच नेताको बैठकमा भने जाने बताएका छन् ।

पार्टीको वर्तमान अवस्थाबारे ब्रिफिङ गर्न प्रचण्ड-नेपाल पक्षले आज प्रदेश १ का अध्यक्ष र सचिवहरूसँग पेरिसडाँडामा भेलाको आयोजना गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ६ : १७ बजे

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण