पर्यटन क्षेत्रलाई उकास्न हप्तामा दुई दिन बिदाको प्रस्ताव गरेका हौँ : मन्त्री भट्टराई « Khabarhub

पर्यटन क्षेत्रलाई उकास्न हप्तामा दुई दिन बिदाको प्रस्ताव गरेका हौँ : मन्त्री भट्टराई


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कोरोनाबाट धरासयी बनेको पर्यटन क्षेत्रलाई उकास्न हप्तामा दुई दिन बिदा हुने गरी प्रस्ताव अघि सारिएको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आयोजना गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावीकार्यदिशा’ विषयक कार्यक्रममा उनले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा जोड दिँदै दुई दिने विदाको अवधारणालाई छलफलका लागि अघि सारेको बताएका हुन ।

मन्त्री भट्टराईले घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएको बताए ।

नेपालको अर्थतन्त्रमा ७० प्रतिशत अर्थात् झण्डै ८० अर्ब विदेशी मुद्रा आर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको सबैभन्दा ठूलो मार परेको उनको भनाइ छ । उनले यस विषयमा सबै पक्षसँग छलफल गरेर मात्र निष्कर्षमा पुग्न सकिने बताए ।

कोभिड १९ को महामारीका सन्दर्भमा सरकारले केही गरेन भनेर आलोचना गर्नेहरुका लागि उनले कुनै पनि देशको साधन, स्रोत कति थियो र त्यसको परिचालन कति भयो भन्ने कोणबाट परिणाम खोज्नु पर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ६ : २९ बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड