स्वास्थ्य सामग्री खरिद अनियमितताबारे अख्तियारले छानबिन गर्ने « Khabarhub

स्वास्थ्य सामग्री खरिद अनियमितताबारे अख्तियारले छानबिन गर्ने


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग छलफल गरेपछि छानबिनका लागि आयोगलाई लेखी पठाउने निर्णय गरेको हो ।

समितिका सचिव डा रोजनाथ पाण्डेले स्वास्थ्य सामग्री खरीद प्रक्रिया नियमसङ्गत नभएको पाइएको र खरिद प्रक्रियामा संलग्न पदाधिकारी दोषी देखिने अवस्था आएकाले कानूनी कारवाहीका लागि आयोगलाई लेखी पठाउने निर्णय भएको जानकारी दिए ।

स्वास्थ्य सामग्री खरिद प्रकरणमा बजेटको स्रोत यकिन नगरी र लागत अनुमान तयार नगरी सीधै प्रस्ताव माग गरेर खरिद प्रक्रिया अघि बढाई सम्झौता गरिएपछि बजेट उपलब्ध गराउन मन्त्रालयमा लेखी पठाइएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

यस्तै खरिदमा संलग्न विज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेश गर्न नसकेको र खरिद ऐनमा व्यवस्था भएको मूल्याङ्कन समितिको कुनै भूमिका नदेखिएको पाइएको समितिले जनाएको छ ।

विभागीय प्रमुखले आफू खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको देखिएको समितिले जनाएको छ ।

बैठकमा स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको देखिए आफू कारबाही भोग्न तयार रहेको बताएका थिए ।

“स्वास्थ्य सामग्री खरीदमा मेरो संलग्नता पुष्टि भए कारवाही भोग्न तयार छु”, उनले भने ।

विश्वभर कोरोना महामारीको प्रभाव हुँदा स्वास्थ्य सामग्री खरिदमा केही महँगो परेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ६ : ४८ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र