स्वास्थ्य सामग्री खरिदमा मेरो संलग्नता पुष्टि भए कारबाही भोग्न तयार छु :  मन्त्री ढकाल « Khabarhub

स्वास्थ्य सामग्री खरिदमा मेरो संलग्नता पुष्टि भए कारबाही भोग्न तयार छु :  मन्त्री ढकाल


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री  भानुभक्त ढकालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन ।

“स्वास्थ्य सामग्री खरिदमा मेरो संलग्नता पुष्टि भए कारवाही भोग्न तयार छु”, उनले भने । विश्वभर कोरोना महामारीको प्रभाव हुँदा स्वास्थ्य सामग्री खरिदमा केही महँगो परेको उनले बताए ।

उन स्वास्थ्य सामग्री खरिदमा आर्थिक र अन्य विषयसँग सरोकार राख्ने र त्यसलाई प्रभावित गर्ने कुरामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारे ।

तर आफूले मन्त्रालयको नेतृत्व गरेको हिसाबले महामारीको विरुद्धमा सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रूपमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउने विषयमा मात्रै सहमति जनाएको बताए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ७ : ०१ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र