स्वास्थ्य सामग्री खरिदमा मेरो संलग्नता पुष्टि भए कारबाही भोग्न तयार छु :  मन्त्री ढकाल « Khabarhub

स्वास्थ्य सामग्री खरिदमा मेरो संलग्नता पुष्टि भए कारबाही भोग्न तयार छु :  मन्त्री ढकाल


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री  भानुभक्त ढकालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन ।

“स्वास्थ्य सामग्री खरिदमा मेरो संलग्नता पुष्टि भए कारवाही भोग्न तयार छु”, उनले भने । विश्वभर कोरोना महामारीको प्रभाव हुँदा स्वास्थ्य सामग्री खरिदमा केही महँगो परेको उनले बताए ।

उन स्वास्थ्य सामग्री खरिदमा आर्थिक र अन्य विषयसँग सरोकार राख्ने र त्यसलाई प्रभावित गर्ने कुरामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारे ।

तर आफूले मन्त्रालयको नेतृत्व गरेको हिसाबले महामारीको विरुद्धमा सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रूपमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउने विषयमा मात्रै सहमति जनाएको बताए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ७ : ०१ बजे

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४ तङ्ग्राम

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी