‘शिक्षालाई व्यवहारिक र सिपमूलक बनाउन आग्रह ’ « Khabarhub

‘शिक्षालाई व्यवहारिक र सिपमूलक बनाउन आग्रह ’


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालय राम्रो बनाउन शिक्षकलाई अभिभावकले खबरदारी गर्न जरुरी रहेको बताएका छन् ।

हेटौँडास्थित जनप्रिय प्राविधिक विद्यालयको नवनिर्मित प्राविधिक भवनको उद्घाटन एवं विद्यालयको ३९औँ अभिभावक भेलालाई आज सम्बोधन गर्दै उनले विद्यालय राम्रो बनाउन शिक्षक, कर्मचारी, विद्यार्थी सबैले मेहनत गर्नुपर्ने बताए ।

मुख्यमन्त्री पौडेलले विद्यालय शिक्षालाई सिकाइ केन्द्रित बनाउन शिक्षक तथा व्यवस्थापनले ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले विगतदेखिको परम्परागत शैक्षिक प्रणालीलाई सुधार गर्दै व्यवहारिक र सीपमूलक बनाउनुपर्ने बताए । नयाँ पद्धति र प्रविधिको प्रयोग गरेर प्रभावकारी रुपमा विद्यार्थीलाई सिकाउन शिक्षक सक्षम हुनुपर्ने उनको भनाइ थियो ।

विगत केही वर्षदेखि पशु तथा कृषिसम्बन्धी विभिन्न तहका कक्षाहरु सञ्चालन गर्दै आएको विद्यालयको २४ कोठे भवनको उद्घाटन तथा विद्यालय परिसरमा स्थापना गरिएको आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिकको मुख्यमन्त्री पौडेलले अनावरण गरेका थिए ।

चार करोडको लागतमा निर्मित भवनमा प्राविधिक विषयको पठनपाठनका साथै प्रयोगशाला सञ्चालन हुने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ८ : ०५ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ