गरिब राष्ट्रहरुले पनि छिट्टै खोप पाउँछन् : डब्लुएचओ « Khabarhub

गरिब राष्ट्रहरुले पनि छिट्टै खोप पाउँछन् : डब्लुएचओ


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गरिब राष्ट्रहरुमा नयाँ बर्ष सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ ।

डब्लुएचओ र त्यसका साझेदारहरुले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने शुक्रबार बताएका हुन् । उनीहरुले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको जनाएका छन् ।

विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरुले जानकारी दिएका छन् ।

संगठनले जारी गरेको वक्तव्यमा लेखिएको छ, “सवै देशले कोरोनाविरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरुमा पनि सन् २०२१ को सुरु देखि नै खोप पठाइने छ ।”

अध्यारो सुरुङ्मा पनि थोरै उज्यालो हुन्छ भने झैँ महामारीका बेला पनि गरिब मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिए।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ८ : २१ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र