ओलीले पटकपटक अपमान गरेको प्रचण्डको गुनासो « Khabarhub

ओलीले पटकपटक अपमान गरेको प्रचण्डको गुनासो


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमान गरेको भन्दै गुनासो गरेका छन् ।

पार्टी कार्यालय पेरिस डाँडामा शुक्रबार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँगको भेलामा अध्यक्ष प्रचण्डले ओलीले आफूलाई गन्दै नगनेको भन्दै गुनासो गरेको प्रदेश १ का एक केन्द्रीय सदस्यले बताए।

उनले आफू पार्टीको कार्यकारी अध्यक्ष भए पनि ओलीले स्वीकार नगरेको र आफूले बोलाएको बैठकलाई पनि गुटको भेला भनेर नामाकरण गर्ने गरेको बताए ।

उनले पेरिसडाँडाको भेलालाई गुटको भेला होइन भन्दै आफूलाई अध्यक्षको रुपमा कहिल्यै नहेरेपछि यस्तो कदम चाल्नुपरेको बताएका थिए ।

प्रचण्डले आफूलाई ओलीले रबर स्ट्याम्प अध्यक्ष ठानेको भन्दै भेलामा गुनासो गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ८ : ५४ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र