ओलीले पटकपटक अपमान गरेको प्रचण्डको गुनासो « Khabarhub

ओलीले पटकपटक अपमान गरेको प्रचण्डको गुनासो


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमान गरेको भन्दै गुनासो गरेका छन् ।

पार्टी कार्यालय पेरिस डाँडामा शुक्रबार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँगको भेलामा अध्यक्ष प्रचण्डले ओलीले आफूलाई गन्दै नगनेको भन्दै गुनासो गरेको प्रदेश १ का एक केन्द्रीय सदस्यले बताए।

उनले आफू पार्टीको कार्यकारी अध्यक्ष भए पनि ओलीले स्वीकार नगरेको र आफूले बोलाएको बैठकलाई पनि गुटको भेला भनेर नामाकरण गर्ने गरेको बताए ।

उनले पेरिसडाँडाको भेलालाई गुटको भेला होइन भन्दै आफूलाई अध्यक्षको रुपमा कहिल्यै नहेरेपछि यस्तो कदम चाल्नुपरेको बताएका थिए ।

प्रचण्डले आफूलाई ओलीले रबर स्ट्याम्प अध्यक्ष ठानेको भन्दै भेलामा गुनासो गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ८ : ५४ बजे

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण