बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि भोलि निर्वाचन « Khabarhub

बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि भोलि निर्वाचन


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्व अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन हुँदैछ ।

प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानून व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमानव शाक्यले गरेका छन् ।

वरिष्ठ अधिवक्ता खनाल पूर्णरुपमा कानूनी पेशामा समर्पित छन् भने अर्को वरिष्ठ अधिवक्ता शाक्य प्रोफेसर पनि छन् ।

सर्वोच्च बारको प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा सदस्य जम्मा ६०५ जना कानूनी व्यवसायीले मतदान गर्नेछन् ।

बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ । सर्वोच्च बारका सदस्यमा कोभिडको सङ्क्रमण भएको सदस्य भएमा लाइनमा नबसीकन सिधै मतदान गर्ने व्यवस्था गरिएको छ । सर्वोच्च बारले यसपटक मत माग्दै प्रचारप्रसारको सामाग्री कागज बाँडने काममा प्रतिवन्ध लगाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : ५५ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र