बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि भोलि निर्वाचन « Khabarhub

बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि भोलि निर्वाचन


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्व अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन हुँदैछ ।

प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानून व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमानव शाक्यले गरेका छन् ।

वरिष्ठ अधिवक्ता खनाल पूर्णरुपमा कानूनी पेशामा समर्पित छन् भने अर्को वरिष्ठ अधिवक्ता शाक्य प्रोफेसर पनि छन् ।

सर्वोच्च बारको प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा सदस्य जम्मा ६०५ जना कानूनी व्यवसायीले मतदान गर्नेछन् ।

बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ । सर्वोच्च बारका सदस्यमा कोभिडको सङ्क्रमण भएको सदस्य भएमा लाइनमा नबसीकन सिधै मतदान गर्ने व्यवस्था गरिएको छ । सर्वोच्च बारले यसपटक मत माग्दै प्रचारप्रसारको सामाग्री कागज बाँडने काममा प्रतिवन्ध लगाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : ५५ बजे

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४ तङ्ग्राम

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी