जनकपुर जानुपर्ने यात्रुलाई बुद्ध एयरले पोखरा पुर्‍यायो ! « Khabarhub

जनकपुर जानुपर्ने यात्रुलाई बुद्ध एयरले पोखरा पुर्‍यायो !


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको विमानले यात्रुलाई पोखरा पुर्‍याएको छ ।

बुद्ध एयरको ६०७ नम्बरको उडानबाट जनकपुर पुग्नुपर्ने यात्रु पोखरा पुगेका हुन्।

शुक्रबार जनकपुर जानुपर्ने तर विमान पोखरा पुगेपछि केहीबेर हैरानी समेत बेहोर्नुपरेको यात्रुले बताएका छन् ।

निर्धारित समयभन्दा ढिलो गरी उडेको बिमानले किन पोखरामा अवतरण गर्‍यो यस विषयमा विमान कम्पनीले केही बताएको छै ।

‘२ बजे उड्ने भनेको बिमान ३:१५ मा उडेको थियो । पोखरामा आधा घण्टा रोकिएपछि विमान पुनः जनकपुरका लागि उडेको थियो।

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जनकपुर जान भनेर चढेका यात्रु पोखरा विमानस्थलमा अवतरण गरेपछि मात्र यसबारे आफूले पनि थाहा पाएको जानकारी दिए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १० : ३० बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र