सेभियालाई हराउँदै रियल शीर्ष स्थानमा « Khabarhub

सेभियालाई हराउँदै रियल शीर्ष स्थानमा


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित हात पार्दै रियल मड्रिडले शीर्ष स्थानमा उक्लिएको छ ।

रियलले सेभियालाई २-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा रियलको जितमा कासिमिरोले दुवै गोल गरेका थिए । सेभियाका लुक डी जोङले एक गोल फर्काए ।

सान्टियागो बेर्नाबेउमा पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले ५७ औं मिनेटमा कासिमिरोको गोलबाट अग्रता बनाएको थियो ।

६४ औं मिनेटमा जोङले गोल गर्दै सेभियालाई १-१ को बराबरीमा ल्याए । तर, खेलको ६९ औं मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको रियलले २० खेलबाट ४३ अंक जोडेको छ । रियलले दोस्रो स्थानको बार्सिलोनालाई ३ अंकले पछि पारेको छ । बार्सिलोनाको १९ खेलमा ४० अंक रहेको छ ।

सेभिया २० खेलमा ३५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ६ : ३६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका