सेभियालाई हराउँदै रियल शीर्ष स्थानमा | Khabarhub Khabarhub

सेभियालाई हराउँदै रियल शीर्ष स्थानमा


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित हात पार्दै रियल मड्रिडले शीर्ष स्थानमा उक्लिएको छ ।

रियलले सेभियालाई २-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा रियलको जितमा कासिमिरोले दुवै गोल गरेका थिए । सेभियाका लुक डी जोङले एक गोल फर्काए ।

सान्टियागो बेर्नाबेउमा पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले ५७ औं मिनेटमा कासिमिरोको गोलबाट अग्रता बनाएको थियो ।

६४ औं मिनेटमा जोङले गोल गर्दै सेभियालाई १-१ को बराबरीमा ल्याए । तर, खेलको ६९ औं मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको रियलले २० खेलबाट ४३ अंक जोडेको छ । रियलले दोस्रो स्थानको बार्सिलोनालाई ३ अंकले पछि पारेको छ । बार्सिलोनाको १९ खेलमा ४० अंक रहेको छ ।

सेभिया २० खेलमा ३५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ६ : ३६ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको