यी मोडलले करौडौंको औंठी स्वीकारेर प्रेम प्रस्ताव लत्याएपछि… « Khabarhub

यी मोडलले करौडौंको औंठी स्वीकारेर प्रेम प्रस्ताव लत्याएपछि…


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोही मानिस तपाईंलाई अत्यधिक मन पर्याे भने तपाई के गर्नुहुन्छ ? पक्कै पनि कुनै न कुनै माध्यमले आफ्नो भावना उनीसँग अभिव्यक्त होस् भन्ने चाहानुहुन्छ होला । जसका लागि तपाईंले कुनै माध्यमको प्रतिक्षा गरिरहनुभएको हुनछ । उनीसँग प्रेम प्रस्ताव कसरी राख्ने भनेर विभिन्न कल्पना समेत गर्नुहुन्छ होला ।

के उपहार दिँदा हुन्छ होला भनेर सोच्नुपनि हुन्छ होला । प्रेम प्रस्ताव राख्दा मन परेको मानिसलाई उपहार दिँनु नौलो कुरा  होइन । तर, हरेक प्रेम प्रस्ताव स्वीकार गरिन्छन् भन्ने पनि हुँदैन । प्रेम प्रस्तावमा दिएको उपहार नलिनु भएको प्रस्ताव अस्वीकार गरेको ठहरिन्छ । तर, एक मोडलले प्रेम प्रस्ताव राख्ने युवाको प्रेम लत्याएर उनले दिएको बहुमुल्य औंठी सहजै स्वीकारिन ।

घटना बेलायतको हो । बेलायतमा एक युवाले मन परेकी एक युवतीलाई प्रेम प्रस्ताव राखे । प्रेम प्रस्ताव राख्दा उनले करौडौं मुल्यको औंठी समेत दिए । युवतीले औंठी लिइन् र उनको प्रेम प्रस्ताव अस्वीकार गरिन् ।

बेलायतको लण्डनकी सामाजिक अभियन्ता एवम् मोडल अमन्डा क्रोनिनलाई एक अपरीचित युवाले प्रेम प्रस्ताव राख्दै करीब साढे ३ करोडको औंठी दिएको बताइएको छ । अमान्डाले औंठी स्वीकार गरिन् तर ती युवकको प्रेम प्रस्ताव लत्याइन् ।

उनीहरु दुबैको पहिलो भेट न्यूयोर्कको एक होटलमा भएको थियो । ती युवाले अमन्डालाई निकै लामो समयबाट नियालिरहेका थिए । उनले आफ्नो नाम बताउँदै मोवाइल नम्बर पनि दिए । नम्बर लिएको दोश्रो दिन अमन्डाले ती युवालाई म्यासेज पठाइन् । जसको लगत्तै अमन्डालाई ती युवाले लगातार प्रेमपूर्ण म्यासेज पठाउन थाले ।

अमन्डालाई ती युवा विवाहित हुन् र उनकी पत्नी पनि छन् भन्ने जानकारी थियो । जसका कारण अमन्डाले सम्बन्ध अघि बढाउन नसकिने भन्दै अब भेट गर्न नसक्ने जवाफ फर्काइन् ।

तर ती युवाले उनलाई पाउन आफू पत्नीसंग समेत सम्बन्ध तोड्न तयार रहेको बताएका थिए । केही समयको अन्तरालमा ती युवाले उनीसँग प्रेम प्रस्ताव राखे । त्यसको केही दिनमा लण्डनमा अमन्डालाई भेट्दै ती युवाले अति मुल्यवान औंठी दिँदै प्रेम प्रस्ताव राखेका थिए । अमान्डाले उपहार भने सहजै स्वीकार गरीनन् । ती युवाले औंठी मात्र स्वीकारे पनि आफू खुशी हुने बताएका थिए । जसका कारणले अमान्डाले औंठी स्वीकार्दै ती युवाको प्रेम प्रस्ताव अस्वीकार गरेकी थिइन ।

ती अपरीचित युवाले अमन्डालाई भ्यान क्लेफ सेभेन र्अप्लेस ब्राण्डको औंठी दिएका थिए । जसको बजार मुल्य करीब साढे ३ करोड रुपैयाँ रहेको बताइन्छ । अमन्डा इंस्टाग्राम मोडलका रुपमा चर्चित छन् । उनलाई प्रेम प्रस्ताव राख्ने ती युवा उत्तर यूरोपका धनाढ्य ब्यक्तिमा गनिन्छन् ।  अमन्डा हाल क्यानाडाका एक व्यक्तिसँग डेटमा छिन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ८ : ५० बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको