अग्नि सापकोटालाई सभामुख बनाउने विषयमा ओली–प्रचण्ड सहमत « Khabarhub

अग्नि सापकोटालाई सभामुख बनाउने विषयमा ओली–प्रचण्ड सहमत


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले सभामुख बारे निर्णय गरेका छन् । सभामुखमा चयन गरिएको नामबारे आजै दिउँसो बस्ने सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको छ ।

आइतवार विहान करिब साढे २ घन्टा बसेको नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय भएको स्रोतको दाबी छ ।

तर यसबारे दुबै पक्षले कुनै औपचारिक जानकारी भने गराएका छैनन् ।

नेकपाको उच्च स्रोतले भन्यो,‘अग्नि सापकोटाको विषयमा सहमति जुटेको छ तर सचिवालय बैठकले यसबारे अन्तिम निर्णय गर्नेछ ।’

आफूलाई सभामुख बनाउने पार्टी अध्यक्षहरुको निर्णयबारे कही जानकारी नपाएको नेकपाका नेता सापकोटाले खबरहबसँग बताए ।

‘विहान दुई अध्यक्षबीच बैठक बसेको थियो, बेलुकालाई सचिवालय बोलाउने निर्णय भएको थाहा पाएँ’ सापकोटाले खबरहबसँग भने,‘सभामुख चयनबारे निर्णय भएको थाहा पाएको छैन ।’

तर, पार्टीका केही नेता र हितैसीले भने आफूलाई बधाइ दिन शुरु गरेकाले आफूपनि अलमलमा रहेको सापकोटाले बताए ।

प्रधानमन्त्री ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन खोज्दा लामो समय सभामुख चयनमा समस्या देखिएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १ : १६ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको