अग्नि सापकोटालाई सभामुख बनाउने विषयमा ओली–प्रचण्ड सहमत « Khabarhub

अग्नि सापकोटालाई सभामुख बनाउने विषयमा ओली–प्रचण्ड सहमत


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले सभामुख बारे निर्णय गरेका छन् । सभामुखमा चयन गरिएको नामबारे आजै दिउँसो बस्ने सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको छ ।

आइतवार विहान करिब साढे २ घन्टा बसेको नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय भएको स्रोतको दाबी छ ।

तर यसबारे दुबै पक्षले कुनै औपचारिक जानकारी भने गराएका छैनन् ।

नेकपाको उच्च स्रोतले भन्यो,‘अग्नि सापकोटाको विषयमा सहमति जुटेको छ तर सचिवालय बैठकले यसबारे अन्तिम निर्णय गर्नेछ ।’

आफूलाई सभामुख बनाउने पार्टी अध्यक्षहरुको निर्णयबारे कही जानकारी नपाएको नेकपाका नेता सापकोटाले खबरहबसँग बताए ।

‘विहान दुई अध्यक्षबीच बैठक बसेको थियो, बेलुकालाई सचिवालय बोलाउने निर्णय भएको थाहा पाएँ’ सापकोटाले खबरहबसँग भने,‘सभामुख चयनबारे निर्णय भएको थाहा पाएको छैन ।’

तर, पार्टीका केही नेता र हितैसीले भने आफूलाई बधाइ दिन शुरु गरेकाले आफूपनि अलमलमा रहेको सापकोटाले बताए ।

प्रधानमन्त्री ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन खोज्दा लामो समय सभामुख चयनमा समस्या देखिएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १ : १६ बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ