सल्यानको बागचौर नगरपालिकाका सब–इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

सल्यानको बागचौर नगरपालिकाका सब–इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको बागचौर नगरपालिकाका तत्कालीन सब–इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बागचौर नगरपालिकाअन्तर्गत पर्ने भानुभक्त निमावि धनचुली हुँदै चिल्ढाले जोड्ने सडक निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियारले सब–इन्जिनियर थमन योगीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार सब–इन्जिनियिर योगी र सहायक सब–इन्जिनियर तोरण बहादुर विष्टले आयोजनामा बढी लागत देखाउने, शर्त तथा मापखण्डविनै सडक निर्माण गर्न लगाउने तथा झुटा बिल भर्पाइ बनाइ ७७ हजार ७ सय ७५ रुपैयाँभन्दा बढी भुक्तानी दिने गरेको देखिएको छ ।

अख्तियारले सडक निर्माणका आयोजना समितिका ४ जना पदाधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

अख्तियारका अनुसार सडक निर्माण आयोजनाका अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर विक तथा सचिव अनिता विकले नगरपालिकाका सब–इन्जिनियर योगी र सहायक सब–इन्जिनियर विष्टसँगको मिलेमतोमा झुटा नापी किताब एवम् कार्यसम्पन्न प्रतिवेदन बनाएर अनियमितता गरेको देखिएको छ ।

अख्तियारले सब–इन्जिनियर योगी र सहायक सब–इन्जिनियर विष्टसँगै आयोजना निर्माण समितिका अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर विक तथा सचिव अनिता विकविरुद्ध ७७ हजार ७ सय ७५ रुपैयाँ बिगो कायम गरी र बिगोअनुसारको जरिवाना मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सब–इन्जिनियर योगी र सहायक सब–इन्जिनियर विष्टको हकमा १ वर्ष कैद र थप ५० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गरिएको छ ।

अख्तियारले उक्त सडक निर्माण आयोजनाको नापजाँच तथा अनुगमन नै नगरी नभएको कामको पनि काम भएको भनी गलत लिखत तयार पारेको अभियोगमा बागचौर नगरपालिका–२ का वडाध्यक्ष घनश्याम शर्मालाई समेत प्रतिवादी बनाएको छ । अख्तियारले वडाध्यक्ष शर्माविरुद्ध १ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना मागदाबी गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  २ : ३२ बजे

युद्धविराम लम्बिँदैन : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम नलम्बिने प्रष्ट पारेका

इरानको अर्को पानीजहाज अमेरिकी नौसेनाको नियन्त्रणमा

काठमाडौं- अमेरिकी नौसेनाले इरानको अर्को पानीजहाज नियन्त्रणमा लिएको छ ।

कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा नेपालले यूएईलाई आठ विकेटले हरायो

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध सहज

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

काठमाडौं- नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठन गरेको