प्रदेश १ का मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् विस्तार, चार राज्यमन्त्री थप « Khabarhub

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् विस्तार, चार राज्यमन्त्री थप


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनले आइतबार चार राज्यमन्त्री नियुक्त गरेका छन् ।

अम्बिरबाबु गुरूङ, रामबहादुर मगर, जसमाया गजमेर र विजयकुमार विश्वासलाई मुख्यमन्त्री राईले राज्यमन्त्री नियुक्त गरेका हुन् ।

गुरूङ भौतिक पूर्वाधार विकास, मगर भूमि व्यवस्था, कृषि तथा सहकारी, गजमेर सामाजिक विकास र विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेका छन् ।

प्रदेश १ का निमित्त सचिव गोपीप्रसाद घिमिरेले अपराह्न एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री राईले संविधानको धारा १६८ को उपधार (९) बमोजिम मन्त्री नियुक्त गरेको जनाएका छन् ।

यससँगै प्रदेश १ को मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ३ : ३२ बजे

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन