राष्ट्रियसभा बैठक : ‘एमसीसी’ बारे सांसदहरुको बहस « Khabarhub

राष्ट्रियसभा बैठक : ‘एमसीसी’ बारे सांसदहरुको बहस


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का पक्ष र विपक्षमा आफ्नो तर्क पेश गरेका छन् ।

सभाको आजको बैठकको विशेष समयमा सांसद राजकुमार कुँवरले ‘एमसीसी’ संसद्बाट अनुमोदन भएमा यसबाट मुलुकमा बाह्य सैनिक हस्तक्षेप बढ्ने तर्क गरे । एमसीसी परित भएमा यसमार्फत अमेरिकी सेना नेपाल भित्रिने र मुस्ताङमा रहेको युरेनियम कब्जा गरेर बस्ने उनले आशङ्का व्यक्त गरे ।

सांसद कुँवरले मुलुकभित्रकै स्रोतसाधन परिचानल गर्न सके विकास गर्न बाह्य सहयोगका लागि हात फैलाउनु नपर्ने बताए । साथै उनले वर्तमान कम्युनिष्ट सरकारले द्वन्द्वपीडित घाइते र शहीद परिवारका समस्या शीघ्र सम्बोधन गर्नसमेत माग गरे ।

बैठकमा सांसद कोमल वलीले ‘एमसीसी’का सम्बन्धमा सबै दल र ठूला नेताले विरोध नजनाएको उल्लेख गर्दै यस बारेमा सरकारले जनतालाई यथार्थ बुझाउन नसक्दा भ्रम फैलाउने काम भएको तर्क गरिन् । ुलामो समयदेखि विभिन्न मापदण्ड पालना गरेपछि मात्रै नेपालले यो सहयोग प्राप्त गर्न लागेको जानकारी गराउँदै उनले यस विषयमा दातृ निकायको दूतावसासमेतले एमसीसी कुनै पनि सैनिक गठबन्धनसँग सम्बन्धित नभएको भनी स्पष्ट पारिसकेको बताइन् ।

सांसद रमेशजङ्ग रायमाक्षीले लोकतान्त्रिक अधिकार हनन हुने विधेयकलाई पारित गर्दा विवेक प्रयोग गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीको कार्यालय सिंहदरबार भए पनि प्रधानमन्त्री बस्ने निवासका रुपमा रहेको बालुवाटारमा नै अहिले सबै सरकारी कामकारवाही हुने र भेटघाट गर्ने गरिएको भन्दै आपत्ति प्रकट गरे । उनले गोकर्ण रिसोर्टको जग्गा यति समूहलाई भाडामा दिएको विषयमा प्रश्न उठाए ।

राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १:०० बजे बस्नेछ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ४ : ३० बजे

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

भारतमा आगलागी, ७ जनाको मृत्यु

एजेन्सी– भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२