एनआरटी र फ्रेन्ड्सले जीत हात पार्दा एपीएफ र सरस्वती पराजित « Khabarhub

एनआरटी र फ्रेन्ड्सले जीत हात पार्दा एपीएफ र सरस्वती पराजित


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा आइतबार भएका खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबले जीत हात पार्दा सशस्त्र प्रहरीको एपीएफ क्लब र सरस्वती युवा क्लब पराजित भएका छन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको पहिलो खेलमा एनआरटीले एपीएफलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २४ औं मिनेटमा एनआरटीका आन्द्रे थेरीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए भने ४१ औं मिनेटमा एपीएफका आशिष लामाले एक गोल फर्काउँदै खेल बराबरीमा पुर्याएका थिए ।

एनआरटी र एपीएफबीचको खेल पहिलो हाफमा १–१ गोल बराबरी रहेको थियो । तर, दोस्रो हाफको ८ औं अर्थात ५३ औं मिनेटमा लामाले टीमका लागि दोस्रो गोल गर्दै एनआरटीविरुद्ध २–१ गोलको अग्रता बनाएको थियो ।

तर, खेलको ८० औं मिनेटमा एपीएफका विरेन्द्र प्रकाश यादवले आत्मघाती गोल गर्दा एनआरटीले पाएको उपहार गोलमा खेल २–२ गोल बराबरी भएको थियो ।

त्यसको ५ मिनेटमपछि एनआरटीका दर्शन गुरुङले गोल गर्दै टिमलाई ३–२ को महत्वपूर्ण जित दिलाएका हुन् ।

७ खेलमा ४ जित १ बराबरी र २ हार व्येहोरेको एनआरटी लिगको पाँचौ स्थानमा उक्लिएको छ । लिगमा १३ अंक पाएपनि अघिल्लो बर्ष पुछारमा रहेको एनआरटीले २ अंक घटुवा भएको हो ।

योसँगै लिग थ्रीस्टार क्लब, एनआरटी र नेपाल पुलिस क्लबको ११ अंक छ । तर, यी टोली क्रमश ः चौथो, पाँचौ र छैठौं स्थानमा छ । पराजित एपीएफ ७ खेलमा ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

यता, दोस्रो खेलमा फ्रेन्ड्सले सरस्वतीविरुद्ध ४–१ गोलको शानदार जित हात पारेको छ । फ्रेन्ड्सका लागि उत्तम राईले २ गोल गर्दा साउलो डि अक्वाइनो र वाग्नर डि कार्मोले एक–एक गोल गरे ।

सरस्वतीविरुद्ध खेलको ५ औं मिनेटमा उत्तम राईले गोल गर्दै टिमलाई १–० अग्रता दिलाएका थिए भने साउलो डि अक्वाइनोले २४ औं मिनेटमा, वाग्नरले ७० औं मिनेटमा र उत्तम राईले व्यक्तिगत दोस्रो गोल ८६ औं मिनेटमा गरेका थिए भने फ्रेन्ड्स क्लबविरुद्ध सरस्वतीका कजेम अदेगोके बुसारीले ८० औं मिनेटमा एक गोल फर्काएका थिए ।

जितसँगै फ्रेन्ड्स ८ अंकसहित ९ औं स्थानमा उक्लिँदा पराजित सरस्वतीले जीत विहीन पुछारमा रहेको छ ।

लिगको शीर्ष स्थानमा ६ खेलबाट १३ अंक जोडेको नेपाल आर्मी क्लब छ भने मछिन्द्र क्लब र मनाङको समान ७–७ खेलबाट १३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ५ : २८ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा