लुम्बिनीको विकासका लागि सरकारले ‘एक्सन’ लिन्छः  मन्त्री भट्टराई « Khabarhub

लुम्बिनीको विकासका लागि सरकारले ‘एक्सन’ लिन्छः  मन्त्री भट्टराई


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको विकासका लागि अब सरकार ‘एक्सन’मा जाने बताएका छन् ।

कोषको विकासका लागि यसअघि धेरै छलफल भएको उल्लेख गर्दै मन्त्री भट्टराईले आजसम्म भएका छलफलमा आएका सुझाव र बनाइएका योजनालाई केन्द्रमा राखेर मन्त्रालयले तत्काल काम शुरु गर्ने बताए ।

लुम्बिनी विकास कोषको आयोजनामा आज मन्त्रालयमा भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यान्वयन’ विषयक कार्यक्रममा मन्त्री भट्टराईले लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै यसको विकास सरकारको प्राथमिकतामा रहेको बताए ।

मन्त्री भट्टराईले मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने बताए ।  लुम्बिनीको विकासका निम्ति अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने उनको भनाइ थियो । मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीको विकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गरिने पनि बताए ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले लुम्बिनीको विकासका निम्ति विज्ञ, सरोकारवाला निकाय सबैसँग समन्वय गरिने बताउनुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, योजनाविद् डा महेन्द्र सुब्बा र इञ्जिनीयरिङ संस्थान पुल्चोकका सहप्राध्यापक डा सञ्जय उप्रेतीले बृहत्तर लुम्बिनीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारी, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल, पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवाली, विश्व वन्यजन्तु कोषका राष्ट्रिय निर्देशक डा घनश्याम गुरुङ, लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्राध्यापक डा हृदयरत्न राज्य ब्रजाचार्य, वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य, अम्बिका श्रेष्ठलगायतले सुझाव दिएका थिए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ३० बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।