को हुन् सभामुखमा सिफारिस अग्निप्रसाद सापकोटा ? « Khabarhub

को हुन् सभामुखमा सिफारिस अग्निप्रसाद सापकोटा ?


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

सत्तारुढ दलभित्रको लामो रस्साकस्सीबिच सचिवालयको एकमतले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि आइतबार बिहान पार्टी अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सापकोटालाई सभामुखको उम्मेदवार बनाउने विषयमा सहमति भएको थियो । दुई अध्यक्षबीच भएको सहमतिलाई नै सचिवालय बैठकले अनुमोदन गरेको हो ।

तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको थियो । महराले राजीनामा दिएसँगै सो पद कसले लिने भन्नेमा नेकपाभित्र विवाद बन्दै गएकोमा आइतबार ओली र प्रचण्डबीच पूर्वमाओवादी समूहका सापकोटाको नाममा सहमति जुटेको हो ।

को हुन् सभामुखमा सापकोटा

सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा ०१४ साल फागुन २४ गते अग्निप्रसाद सापकोटाको जन्म भएको हो। धनपति सापकोटा र तिलमाया सापकोटाका छोरा अग्निका ३ छोरा छन्।

साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी सापकोटा पछिल्लो ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भए। ०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक गरी २ वर्ष जेल जीवन बिताएका छन्।

०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए। ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए।

सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन गर्दा उनी शिक्षणसँगै राजनीतिमै सक्रिय थिए।

प्रधानाध्यापक छोडेर उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए। ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदा सम्म भूमिगत नै थिए। सापकोटा २ पटक मन्त्री भइसकेका छन्। सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन्।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ९ : ५१ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।