नेयमार र एम्बाप्पे मैदान उत्रदा पनि पीएसजी पराजित « Khabarhub

नेयमार र एम्बाप्पे मैदान उत्रदा पनि पीएसजी पराजित


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

मंगलबार राति भएको अन्तिम १६ को पहिलो लिग खेलमा डर्टमण्डले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो ।

गत जनवरीमा जर्मन क्लब डर्टमण्ड आएका हालाण्डले च्याम्पियन्स लिगमा समेत गोल गर्ने गतिलाई निरन्तरता दिएका छन् ।

पहिलो हाफ दुवै टोलीले गोल रहित बराबरी खेले पनि १९ बर्षका नर्वेजियन खेलाडीले दोस्रो हाफको ६९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पीएसजीका नेयमारले ७५ औ मिनेटमा पाहुना टोलीका लागि बराबरी गोल फर्काए ।

लगत्तै दुई मिनेटपछि ब्यक्तिगत दोस्रो गोल गर्दै हालाण्डले डर्टमण्डका लागि विजयी गोल गरे । करिब चार खेलको बिश्रामपछि केलियन एम्बाप्पे समेत मैदान फर्किएका थिए । तर पनि खेल जित्न पीएजीले खेल जीत्न सकेन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ६ : ३१ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु