मबाट गल्ती भएको छैन, घटनाको कारण पछि खोल्छु : कृष्णबहादुर महरा « Khabarhub

मबाट गल्ती भएको छैन, घटनाको कारण पछि खोल्छु : कृष्णबहादुर महरा


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महराले आफू जेल पर्नुको कारण पछि भन्ने बताएका छन् । उनले आफूमाथि भएका षडयन्त्र विस्तारै खोल्दै जाने बताए ।

इमेज टेलिभिजनसँग कुराकानी गर्दै महराले एमसीसी अनुमोदनको प्रस्ताव संसदमा टेवुल गर्न भने आफैले नदिएको पनि दाबी गरे ।

उनले भने, ‘एमसीसी टेबुल गर्नको निमित्त अनुमति नदिएको मैले हो । त्यो साँचो कुरा हो । एमसीसी मैले नै उठान गर्‍यो हो । तर, एमसीसीको विषयमा सबैभन्दा बढी जानकार मै नै छु । यो कुरा पटक पटक प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भन्ने गर्नुभएको छ ।’

महराले एमसीसी संसदबाट अनुमोदन नै गर्नहुन्न भन्ने पक्षमा आफू नरहेको तर एमसीसीको विषयमा एक फरक ढंगले हल गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताए । उनले आफू सहकार्य खोज्ने मान्छे भन्दै यसभित्रका डिटेल कुरा पछि खोल्ने पनि महराले बताए ।

महराले अदालतले सुनाएको फैसला सही भएको जिकिर गर्दै आफूबाट कुनै गल्ति नभएको बताए ।

उनले आफू पुर्पक्षका लागि जेलमा बस्दा राज्यलाई अझ राम्रोसँग बुझ्ने मौका पाएको बताए । उनले भने, ‘राज्यलाई फरक रुपमा अझ राम्रोगरि बुझ्ने मौका पाएँ ।’

जेल परेको समयमा ठूला नेतासँग आफूले नभेटेको तर १० हजारभन्दा बढी कार्यकर्ता र शुभेच्छुक, समर्थकहरुले भेटेको पनि महराले सुनाए ।

आफ्नो नैतिकतामाथि प्रश्न उठेपछि सभामुखबाट आफ्नै खुसीले राजीनामा दिएको भन्दै महराले आफू सांसद नै रहेको बताएका छन् । आफूबारेका फैलिएका हल्लाका बारेमा पछि खुलासा गर्ने पनि महराले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १० : ५१ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर