६ महिनामै उप्कियो कालोपत्रे « Khabarhub

६ महिनामै उप्कियो कालोपत्रे


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ ।

कालोपत्र उप्किएपछि पूर्वाधार विकास कार्यालय दाङले सम्बन्धित निर्माण कम्पनीलाई सडक मर्मतका लागि पत्रसमेत पठाइसकेको जनाएको छ । “केही ठाउँमा कालोपत्र उप्किएको छ, उप्किएको ठाउँमा हामीले मर्मतका लागि पत्र पठाएका छौँ”, कार्यालय प्रमुख वासुदेव भण्डारीले भने “जाडो मौसममा कालोपत्र गर्दा त्यो दिगो हुँदैन, पुनः उप्किहाल्छ, त्यसैले जाडो मौसम सकिएसँगै उनीहरुले काम शुरु गर्छन् ।”

उक्त सडकखण्डको साइपुर–जहदागाउँ खण्डमा यस्तो समस्या देखिएको छ ।

गएको आवको अन्तिमतिर उक्त सडकको कालोपत्र निर्माणको काम पूरा भएको हो । तर छ महिना नपुग्दै विभिन्न स्थानमा उप्किएको तथा चर्किएको छ । प्रदेश नं ५ सरकारको करिब रु दुई करोड २० लाख लागतमा उक्त सडकखण्डमा कालोपत्र गरिएको हो । हेमन्तपुर–मानपुर–टरिगाउँ सडकखण्डलाई तीन भागमा विभाजन गरेर कालोपत्र गरिएको थियो । फरक–फरक तीन निर्माण कम्पनीले उक्त सडकखण्डमा कालोपत्र गरेका थिए ।

तीमध्ये झरना निर्माण सेवाले कालोपत्र गरेको स्थानमा त्यस्तो समस्या देखिएको प्रमुख भण्डारीले बताए ।

उनका अनुसार सोही निर्माण कम्पनीलाई उप्केको तथा चर्किएको स्थानमा पुनः कालोपत्र गर्न पत्र गरिएको छ । कुनै पनि निर्माण कम्पनीले निर्माण पूरा गरेको एक वर्षसम्म बिग्रिएको, भत्किएको अवस्थामा पुनः मर्मत गर्नुपर्ने भन्दै सोहीअनुसार उक्त कम्पनीलाई मर्मतका लागि पत्र पठाइसकेको उनको भनाइ थियो । “कुनै पनि निर्माण कम्पनीले निर्माण पूरा गरेको एक वर्षभित्र बिग्रियो, भत्कियो भने पुनःनिर्माण गरिदिनुपर्छ”, उनले भने “अन्यथा उनीहरुको धरौटी जफत हुन्छ ।”

यो नियतवशभन्दा पनि प्राविधिक त्रुटि भएको भन्दै यसलाई निर्माण कम्पनीले तुरुन्त ममर्त गर्नुपर्ने इञ्जिनीयर चन्द्र शाहले बताए । “यो धेरै ठूलो कम्जोरी होइन, सबै ठाउँमा शतप्रतिशत राम्रो हुन्छ भन्ने छैन”, उनले भने, “केही समस्या पक्कै भएको छ, यसमा निर्माण व्यवसायीले गल्ती स्वीकार गरेर पुनः मर्मत गर्नुपर्छ ।”

उक्त सडकको छेउतिर बढी ‘फिलिङ’ भएकाले पनि चर्किएको हुनसक्ने उनको भनाइ छ । “उक्त सडकमा कालोपत्र गर्दा फिलिङ थियो”, उनले भने“फिलिङ बढी भए पनि यसरी कालोपत्र चर्किने, उत्रिने हुन्छ, यो जानाजान गरिएको गल्ती हो जस्तो लाग्दैन ।”

अर्कोतर्फ उक्त सडकमा १८/२० टनका सवारी हिँड्नसक्ने क्षमता भएको भए पनि ४०/५० टन क्षमता भएका टिपर चल्दा यस्तो समस्या भएको हुनसक्ने उनले बताए । त्यस्तै पर्खाल नहुँदा पनि यसरी कालोपत्र उप्किएर जाने गरेको उनको भनाइ छ । सोही सडकमा छ मिटर कालोपत्र गरिएको थियो ।

कालोपत्रको जिम्मा डेरी निर्माण सेवा, झरना निर्माण सेवा र चाँदनी निर्माण सेवाले लिएका थिए । अहिले सडकको कालोपत्र उत्रिएको कल्भर्ट तथा नाला भएको स्थानमा सम्बन्धित निर्माण कम्पनीले ग्राभेल हालेर टालटुल पारेका छन् ।

यसअघि पनि झरना निर्माण सेवाले जिम्मा लिएको तुलसीपुरको दुधरास–सक्राम–छिल्लीकोट सडकखण्डमा ग्राभेलको सट्टा हिलो माटो हालेपछि स्थानीयवासीले व्यापक विरोध गरेका थिए ।

अन्योलमा प्रदेशस्तरीय कार्यालय

अहिले प्रदेश नं ५ ले छुट्याएका योजना कुन कार्यालयले हेर्ने भन्ने पनि अन्योल छ । केही योजना प्यूठानस्थित प्रदेश सडक डिभिजन कार्यालयले हेर्दै आएको छ भने केही योजना पूर्वाधार विकास कार्यालय दाङले हेर्दै आएको छ । “प्रदेशले हामीलाई जुन योजना हेर्न भनी जिम्मा दिन्छ, ती योजना हेर्दै आएका छौँ”, इञ्जिनीयर शाहले भने, “केही प्यूठानले हेर्दै आएको छ, केही दाङले हेर्दै आएको छ ।” यसले दाङका प्रदेशस्तरीय अन्य सडक निर्माणको समेत प्रभावकारी निगरानी हुनसकेको छैन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ११ : २८ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट