ट्रम्पलाई स्वागत गर्न भारतले गरिरहेको छ यस्तो तयारी | Khabarhub Khabarhub

ट्रम्पलाई स्वागत गर्न भारतले गरिरहेको छ यस्तो तयारी


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो औपचारिक भ्रमणका लागि आगामी सोमबार भारत आउँदैछन् ।

भ्रमणको पहिलो दिन अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पसँग राष्ट्रपति ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरात राज्यको अहमदावाद जाने कार्यक्रम छ ।

उनले त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘केम छो ट्रम्प’ (गुजराती भाषामा के छ ट्रम्प’ नामक ¥यालीमा सहभागी हुनेछन् ।

यसअघि गत सेप्टेम्बर महिनामा दुई नेता अमेरिकाको टेक्सस राज्यस्थित हुस्टन शहरमा आयोजित ‘हाउडी मोदी’ नामक ¥यालीमा सहभागी भएका थिए ।

त्यस्तै, ट्रम्प अहमदावादमा हालै पुननिर्माण गरिएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको पनि उद्घाटन गर्न जाने कार्यक्रम छ । अहमदावाद भ्रमण कै क्रममा राष्ट्रपति ट्रम्पले महात्मा गान्धीको शालिकमा माल्यार्पण समेत गर्नेछन् ।

त्यसपछि ट्रम्प राजधानी दिल्ली फर्किनेछन् । ट्रम्पले आगरामा रहेको ताज महलको समेत भ्रमण गर्ने सम्भावना रहेको भारतीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

ट्रम्पको भारत भ्रमणका क्रममा राष्ट्रपतिका सुरक्षाका लागि चुस्त सुरक्षा व्यवस्था अपनाइएको छ । उनको भ्रमणका क्रममा अहमदावादमा उडान निषेधित क्षेत्र नो फ्लाई जोन लागू गरिने छ ।

त्यस्तै, जमिनमा पनि ट्रम्पको सुरक्षालाई उत्तिकै चुस्त बनाइने छ । ट्रम्पको सुरक्षाका लागि अमेरिकाबाट गुप्तचर निकाय सीआईएका २ सय जनाजति एजेन्ट अहमदावाद पुगिसकेका छन् । उनीहरुले स्थानीय सुरक्षाकर्मीसँगको सहकार्यमा राष्ट्रपतिलाई विशेष सुरक्षा दिनेछन् ।

त्यसबाहेक राष्ट्रपति ट्रम्प चढ्ने कार अमेरिकी वायुसेनाको विशेष हर्कुलिस विमानले यसअघि नै अहमदावाद पुर्‍याइसकेको छ । अमेरिकाको जनरल मोटर्स अन्तर्गत क्याडिल्याक कम्पनीले निर्माण गर्ने ‘द बिस्ट’ कारको बडी सैनिक स्तरको ५ इन्च बाक्लो छ । यसलाई ट्यांकमा प्रयोग हुने स्टिल, टाइटेनियम, सेरामिक्स लगायतका पदार्थबाट निर्माण गरिएको छ ।

त्यस्तै, यो कारको झ्याल ५ तहको सिसा र पोलीकार्बोनेटबाट बनेको छ । यसले बख्तरबन्द गाडी आक्रमणका लागि प्रयोग हुने जस्तोसुकै हतियार समेत झेल्न सक्छ ।

कारमा हरेक दिशाबाट हुनसक्ने जस्तोसुकै सम्भावित आक्रमणलाई झेल्नसक्ने क्षमता रहेको छ । कारको ढोका बोइङ विमानको ढोकाको वजन बराबार छ ।

यो कार अमेरिकाको गुप्तचर सेवाका विशेष प्रशिक्षित कमाण्डोले चलाउने गर्छन् । यसमा चालकका लागि छुट्टै क्याबिन छ भने चालकले राष्ट्रपतिको कुनै पनि गतिविधि देख्न सक्दैनन् । कारमा सञ्चार र जीपीएस ट्रयाकिङ प्रणली समेत जडान गरिएको छ ।

खर्च

भ्रमणका लागि अहमदावादमा विशाल पर्खाल समेत निर्माण गरिएको छ । ट्रम्पले शहरको झोपडपट्टी नदेखुन् भन्नाका लागि पर्खाल निर्माण गरिएको जनाइएको छ । यसअघि तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले अहमदावादको भ्रमण गर्दा यस्ता झोपडपट्टी लुकाउनका लागि कपडा र अरु सामानले घेराबेरा गरिएपनि ट्रम्पका लागि भने स्थायी पर्खाल नै बनाउन लागिएको हो ।

अमेरिकी राष्ट्रपतिको भ्रमणका लागि अहमदावाद प्रशासनले ८० देखि ८५ करोड भारतीय रुपैयाँ खर्च गरेको रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार यो रकम गुजरात राज्यको गृहप्रशानको कूल बजेटको १.५ प्रतिशत हुन आउँछ । यसमध्ये आधाभन्दा धेरै खर्च राष्ट्रपतिको सुरक्षाका लागि खर्च गरिनेछ ।

त्यहाँ उनले विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन गर्नेछन् । १ लाख १० हजार दर्शक क्षमताको मोटेरा स्टेडियम सञ्चालनमा आएपछि विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला बन्नेछ ।

हाल विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला अष्ट्रेलियाको मलबर्न क्रिकेट ग्राउण्ड एमसीजीको दर्शक क्षमता १ लाख २४ रहेको छ । भारतका प्रथम उपप्रधानमन्त्री सरदार बल्लभाई पटेलको नामबाट सन् १९८२ मा स्थापित यस रंगशाला पुननिर्माणका लागि सन् २०१५ मा भत्काइएको थियो । सोही स्थानमा स्थापना हुन लागेको रंगशाला पुननिर्माणका लागि गुजरातको क्रिकेट संघले ७० अर्ब भारतीय डलर खर्च गरिसकेको छ ।

रंगशालाका उद्घाटन गर्न ट्रम्प आउने भएपछि अहमदावाद विमानस्थलबाट रंगशाला आइपुग्ने १८ वटा सडक २० किलोमिटरसम्म फराकिलो पारिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ११ : ४७ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ