आकाशमै ठोक्किए २ विमान, ४ को मृत्यु | Khabarhub Khabarhub

आकाशमै ठोक्किए २ विमान, ४ को मृत्यु


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न– अस्ट्रेलियामा दुई विमान एक आपसमा बीच आकाशमा ठोक्किँदा ४ जनाको ज्यान गएको छ ।

मेलबर्न शहरबाट उत्तरतर्फ ग्रामिण क्षेत्रमा दुई साना विमान एक आपसमा ठोक्किएका हुन् । एकजना पाइलट र यात्री बोकेका ती दुई विमान जमिनबाट १ हजार २ सय मिटरको उचाइमा ठोक्किन पुगेका थिए ।

प्रहरीका अनुसार दुबै विमान वैधानिक रुपमा नै आकाशमा उडेका थिए । यद्यपि घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलका तस्बीरमा विमानका भाग टुक्राटुक्रा परेको अवस्थामा देखिएको छ ।

दुर्घटनाग्रस्त विमानमध्ये एक नजिकैको धावनमार्गबाट उडेको भएपनि अर्को विमान कहाँबाट उडेको भन्ने स्पष्ट भइनसकेको प्रहरीको भनाइ छ ।

विमान दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १२ : ०५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’