धुर्मुस भन्छन् – ‘सेन्टीभाइरस’ ले दर्शकलाई मनोरञ्जन दिन्छ « Khabarhub

धुर्मुस भन्छन् – ‘सेन्टीभाइरस’ ले दर्शकलाई मनोरञ्जन दिन्छ


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो शुक्रवार अर्थात् फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टीभाइरस’ को चर्चा छ । चिववनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा जुटेका सीताराम कट्टेल (धुर्मुस) पछिल्लो समय फिल्मका कारणले थप व्यस्त छन् ।

फिल्मको प्रचारका लागि यतिबेला राजधानीमा रहेका धुर्मुसले पत्रकार भेटघाटमा आफ्नो अभिनय रहेको फिल्म ‘सेन्टीभाइरस’ राम्रो बनेको प्रतिक्रिया दिए ।

‘हामीले सन्देशसहित दर्शकलाई मनोरञ्जन दिने खालको फिल्म बनाएका छौं, यो फिल्मको आधा नाफा चितवनमा बन्दै गरेको रंगशालाको सहयोगार्थ हुन्छ,’ कट्टेलले भने, ‘फिल्म मनोरञ्जनमूलक बनेको छ, समय दिन पाएको भए अझै राम्रो बन्थ्यो भन्ने चाहिँ लाग्छ ।’

रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्म लामो समयदेखि बन्ने चर्चा थियो । आफ्नो व्यस्त समयका कारण धुर्मुस फिल्मको प्रचारका लागि खासै हिँड्न पाएका छैनन् ।

फिल्ममा धुर्मुसका अलावा दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, बुद्धि तामाङ, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेडी रुचाउने दर्शकले यो फिल्म मन पराउने अनुमान गरिएको छ । यसअघि रिलिज भएको फिल्मको ट्रेलरले राम्रो चर्चा कमाएको छ ।

फिल्मलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका छन् भने कुमार कट्टेल र दीपक आचार्यले कथा लेखेका हुन् ।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन र शंकर बिसीको कोरियोग्राफी छ ।

तस्वीरहरू: अर्घेलो थापा

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १२ : १७ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन