चिनियाँ दूतावासको धम्की आपत्तिजनक : मिश्र « Khabarhub

चिनियाँ दूतावासको धम्की आपत्तिजनक : मिश्र


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व पत्रकासमेत रहेका साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समाचार र विचारप्रति दूतावासले धम्की दिनु आपत्तिजनक भएको बताएका छन् ।

‘दी काठमाण्डू पोस्ट’एक दैनिक पत्रिकामा प्रकाशित विचारप्रति आपत्ति जनाउँदै चिनियाँ राजदूतावासले धम्कीपूर्ण भाषामा विज्ञप्ति जारी गरेको थियो । उक्त विचारमा प्रयोग गरिएको मास्क लगाएका माओको तस्वीमासमेत आपत्ति जनाउँदै दूतावासले पत्रिका प्रधान सम्पादकमाथि धम्कीपूर्ण विज्ञप्ति जारी भएको थियो ।

यसमाथि प्रतिक्रिया दिँदै पूर्व पत्रकार एवं साझा पार्टीका अध्यक्ष मिश्रले आपत्तिजनक भएको प्रतिकृया दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘पत्रिकामा प्रकाशित समाचार विचारप्रति विमति सर्वस्विकार्य अभ्यास हो तर अफ्नो विमति रहँदैमा दूतावासले धम्की नै दिन अत्यन्तै असामान्य, अकुटनीतिक, गैरजिम्मेवार र आपत्तिजनक विषय हो । यस्तो स्थिति आउनमा दूतावसको अगाडि लम्पसार पर्ने दशकौंको हाम्रो राजनीतिक चरित्र पनि कम जिम्मेवार छैन ।’

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १ : ५९ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब