नेपालले बंगलादेशको सइदपुर विमानस्थल प्रयोग गर्न पाउने « Khabarhub

नेपालले बंगलादेशको सइदपुर विमानस्थल प्रयोग गर्न पाउने


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशले नेपाललाई सइदपुर विमानस्थल प्रयोग गर्न दिने भएको छ ।

दुई मुलुकबीच व्यापार र कनेक्टिभिटी विस्तार गर्नका लागि बंगलादेशले नेपालको प्रस्ताव स्वीकार गरी यस्तो निर्णय गरेको बंगलादेशको यूएनबी समाचार संस्थाले जनाएको छ ।

बंगलादेश भ्रमणमा रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बंगलादेशी विदेशमन्त्री अब्दुल मोमेनबीच मंगलबार यस सम्झौतामा हस्ताक्षार भएको हो । यसबाट दुई मुलुलबीचको व्यापार, लगानी र कनेक्टिभिटी सुदृढ हुने अपेक्षा गरिएको छ ।

अब त्यस विमानस्थलबाट भरिने उडानको अध्ययनका लागि नेपालले टोली गठन गर्ने । बंगलादेशको राजधानी ढाकाबाट ३५० किलोमिटरको दुरीमा रहेको विमानस्थलको स्तरोन्नती भइरहेको र हाल ढाकाबाट हरेक दिन १२ देखि १४ वटासम्म उडान भइरहेका कारण नेपालबाट बंगलादेश आउनेहरुलाई ढाका पुग्न सहज हुने बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेनले जनाएका छन् ।

सन् १९७९ देखि बंगलादेशको आन्तरिक विमानस्थलको रुपमा सञ्चालन हुँदै आएको यो विमानस्थल १३६.५९ एकड क्षेत्रफलमा फैलिएको छ ।

सइदपुर शहरबाट दुई किलोमिटरको दुरीमा रहेको यो विमानस्थलमा बंगलादेशको ध्वजावाहक विमान बंगलादेश एअरलाइन्स, नोभोएअर र यूएस बंगला एअरलाइन्सले उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ३ : ०५ बजे

न्यूयोर्क टाइम्स भन्छ- ‘इन्टरसेप्टर’ सकिन थालेपछि अमेरिकाले इरानमाथिको हमला रोक्यो

वासिङ्टन- संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय

युद्धरत इरान-युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

तेहरान- क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमा भएको ड्रोन आक्रमणपछि

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै होइनन् : पासाङ दावा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म