बी डिभिजन लिगको उद्घाटन खेलमा श्रीकुमारी र व्वाइज युनियन खेल्ने | Khabarhub Khabarhub

बी डिभिजन लिगको उद्घाटन खेलमा श्रीकुमारी र व्वाइज युनियन खेल्ने


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक बी डिभिजन लिगको उद्घाटन खेलमा श्रीकुमारी क्लब र व्वाइज युनियन क्लब भिड्ने भएका छन् ।

बी डिभिजन लिगको पहिलो खेलमा आगामि आइताबार दिउँसो साढे १२ बजेदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्मा हुनेछ ।

लिगको पहिलो खेलमा श्रीकुमारी र व्वाइज युनियनले खेल्दा सोही दिनको दिउँसो श्रीभगवती क्लब र बाँसबारी क्लबले खेल्नेछन् ।

अघिल्लो बर्ष रेलिगेशन विनाको लिग हुँदा च्याम्पियन आरसीटी यो सिजनमा पनि बी डिभिजनमै खेल्न बाध्य छ ।

तर, यस वर्ष भने एन्फाले पहिलो हुने टोली ‘ए’ डिभिजन लिगमा प्रमोसन हुने र पुछारको एक टोली घटुवा हुने बताएको छ ।

राउण्ड रोविन लिगका आधारमा हुने बी डिभिजनमा ६६ वटा खेल हुनेछन् । लिगमा पहिलो हुने टोलीले १५ लाख पुरस्कार पाउनेछ भने दोस्रो हुनेले १० लाख, तेस्रो हुनेले ८ लाख र चौथो हुनेले ५ लाख पाउनेछन् ।

अघिल्लो सिजनमा लिगको पुछामा रहेका नयाँ बस्ती क्लब र बाँसबारी क्लबको १–१ अंक घट्नेछ ।

गत शनिबार सम्पन्न ए डिभिजन लिगबाट घटुवा भएको सरस्वती युवा क्लबले अर्को वर्षको बी डिभिजन लिग खेल्नेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ४ : २६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका