जनता संघर्षमा उत्रनु पर्ने अवस्था सिर्जना भयो : लोहनी « Khabarhub

जनता संघर्षमा उत्रनु पर्ने अवस्था सिर्जना भयो : लोहनी


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनताको सम्पतिमाथि खेलवाड भएकोले जनता संघर्षमा उत्रनु पर्ने अवस्था सिर्जना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् ।

देशमा विकसित बेथिती, भष्टाचार र राज्यसत्ताको लुटलाई इंगित गर्दै अध्यक्ष लोहनीले जनताको भूमिका टड्कारो भएको बताएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै लोहनीले भनेका छन्, प्रजातन्त्रको मान्यताअनुसार देशको सार्वभौमिकता, शासन व्यवस्थाको आधार जनताको सर्वोच्चतामा निहीत हुन्छ ।

‘प्रजातान्त्रिक पद्धतिको यही यथार्थ बुझेर शासनमा बस्नेहरूले काम गर्नु पर्ने हो तथापि जनताको साधन श्रोत र सम्पतिमाथि खेलवाड भएको छ । त्यसैले त्यसको विरुद्धमा जनता आफै उत्रनु पर्छ भन्ने चिन्तन आजको आवश्यकता भएको हो,’ सन्देशमा उनले भनेका छन् ।

फागुन ७ गतेले अगाडि बढ्न आम नेपालीलाई प्रेरणा दिनेछ भन्दै लोहनीले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई थप सुदृढ गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

‘ऐतिहासिक जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताले फागुन ७ गते राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिन हो,’ लोहनीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

‘२००७ सालको आजकै दिन सार्वभौम नेपाली जनताको अथक शक्तिबाट राणा शासन पराजित भएर प्रजातन्त्र स्थापना भएको दिन हो ।’

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ४ : ४४ बजे

युद्धरत इरान-युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

तेहरान- क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमा भएको ड्रोन आक्रमणपछि

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै होइनन् : पासाङ दावा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको