चीनद्वारा 'वालस्ट्रिट जर्नल'का तीन पत्रकारलाई देश निकाला | Khabarhub Khabarhub

चीनद्वारा ‘वालस्ट्रिट जर्नल’का तीन पत्रकारलाई देश निकाला


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा रहेर अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका लागि काम गर्दै आएका तीन पत्रकारलाई देश निकाला गरिएको छ ।

चीनले उनीहरुले पत्रिकामा लेखेको स्तम्भ ‘रंगभेदी’ भएको आरोप लगाउँदै देश निकाला गरेको हो । देश निकाला गरिएका तीनै जनालाई पाँच दिनभित्र चीन छाड्न उर्दी समेत जारी गरिएको छ ।

दुई अमेरिकी नागरिकहरु व्यूरो उपप्रमुख जोन चिन र चाओ देङ तथा अष्ट्रेलियन नागरिक फिलिप वेनलाई देश निकाला गरिएको हो ।  यसबारे पत्रिकाले कुनै टिप्पणी गरिसकेको छैन ।

पत्रिकामा गत ३ फेब्रुअरी महिनामा प्रकाशित एक लेखमा चीनले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि चालेका कदमको आलोचना गर्दै लेख स्तम्भ प्रकाशित गरिएको थियो ।

चिनियाँ विदेशमन्त्रालयले पत्रिकालाई माफी माग्न पटक पटक आग्रह गर्दा पनि नटेरेका कारण पत्रकारलाई देश निकाला गर्नुपरेको दलिल दिएको छ ।

पत्रिकाले आफ्ना पत्रकारलाई देश छाड्नका लागि चीनले ५ दिनको समयसीमा दिएको जनाएको छ । यद्यपि उक्त स्तम्भ ती पत्रकारले नलेखेको पत्रिकाले स्पष्ट पारेको छ ।

उक्त स्तम्भमा महामारीविरुद्ध चिनियाँ प्रशासनको कदम गोप्य र ‘आत्म केन्द्रित रहेको भन्दै चीनप्रति विश्वको भरोसा ‘डगमगाएको’ लेखिएको थियो ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङ शुआङले उक्त स्तम्भ ‘रंगभेदी’ रहेको तथा यसले महामारीविरुद्ध चीनको कदमको निन्दा गरेका कारण उनीहरुलाई देश निकाला गरिएको जनाएका छन् ।

‘चीनविरुद्ध आक्रमक एवं रंगभेदी भएको र चिनियाँ जनताले यस्तो सामग्री प्रकाशन गर्ने मिडियालाई स्वागत गर्दैनन् ।’ गेङले भने ।

दुई दशकमा वैधानिक रुपमा चीनमा पत्रकारिता गरिरहेका पत्रकारलाई देशनिकाला गरिएको यो पहिलो घटना रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ६ : ४९ बजे

जसपामा अलमल : नेकपासँग एकता गर्ने कि मधेशवादी दलतिरै फर्किने ?

काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा विवाद देखिएको छ।

जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा

नवलपरासी– गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड

दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार

भारतीय माओवादीलाई अर्को धक्का, प्रहरी कारबाहीमा मारिए चर्चित कमान्डर हिडमा

नयाँदिल्ली- चर्चित भारतीय माओवादी कमान्डर हिडमा मारिएका छन् । उनीमाथि

सुदूरपश्चिमको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब

काठमाडौं– सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब