कार तोडफोड गर्ने पक्राउ « Khabarhub

कार तोडफोड गर्ने पक्राउ


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले कार तोडफोड कार्यमा सङ्लग्न एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा रोखेर राखेको बा २० च ४००३ नं को सुजुकी ब्रेज कार तोडफोड गर्ने चितवन भरतपुर महानगरपालिका–२ का ३३ वर्षीय थमबहादुर थापालाई आज बिहान पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले मित्रनगर विकास तथा सुधार समितिका वरिष्ठ उपाध्यक्ष दीपककुमार सिङ्खडाको कार तोडफोड गरेको आरोपमा थापालाई पक्राउ गरिएको जानकारी दिए ।

‘व्यक्तिगत रिसिइबीका कारण थापाले सिम्खडाको कारमा तोडफोड गरेको अनुसन्धानमा खुल्न आएको छ’, उनले भने । पक्राउ परेका थापालाई मुद्दा दर्ता गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ९ : २३ बजे

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को