यी हुन् कोरोना भाइरसको शिकार भएका विश्वका चर्चित नेताहरु « Khabarhub

यी हुन् कोरोना भाइरसको शिकार भएका विश्वका चर्चित नेताहरु


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय रोगहरु आर्थिक अभाव भएका वा गरीबहरुका लागी उपचार असम्भव बनिदिन्छ ।

जसका कारण अधिकाशं मानिसको सोचमा रोग भनेको गरीबका लागी मात्र हो भन्ने पर्दछ । धनीहरुले पैसा वा पहुचको आधारमा उपचार पाउने वा रोगको संक्रमणबाट बच्ने गरेका थुप्रै उदाहरणहरु छन् ।

तर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस धनी गरीब, आम वा खास ब्यक्ति सबैबीच समान भएर देखा परेको छ ।

कोरोनाको संक्रमण जती आम मानिसमा फैलिएको छ, त्यति नै मात्रामा धनी मानिस बिच पनि यसको संक्रमण रहेको पाइएको छ । जान्नुहोस्, कोरोनाले विश्वका कुन ठुला ब्यक्तित्व वा नेताहरुलाई समेत संक्रमित बनाएको छ ।

बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ईरानकी महिला एवम् पारीवारीक मामलाकी वर्तमान उपाध्यक्ष मसूमेह एब्टेकरलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

यसका अलावा इग्ल्याण्डका स्वास्थ्य मन्त्री नाडिन डोरिसलाई पनि यस भाइरसको संक्रमण भएको छ ।

क्यानडाका राष्ट्रपति जस्टिन टेड्रउकी पत्नी सोफी ग्रेगोर टेड्रउलाई समेत कोरोनको संक्रमण छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सेन्चेजकी पत्नी बेगोना गोम्ज पनि कोरोना भाइरसको संक्रमणको शिकार बनेकी छन् ।

यसका अलावा अस्ट्रेलियाका गृहमन्त्री पीटर डटनलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यसैगरी फ्रान्सका संस्कृति मन्त्री फ्रैन्क रिस्टरलाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो, जो निदान भइसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : ४५ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम