ट्रेलर सार्वजनिक गर्दै ‘प्रेमगीत ३’ ले घोषणा गर्नेछ नयाँ रिलिज डेट | Khabarhub Khabarhub

ट्रेलर सार्वजनिक गर्दै ‘प्रेमगीत ३’ ले घोषणा गर्नेछ नयाँ रिलिज डेट


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना संक्रमणका कारण देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै रिलिज मिति तय गरेका केही सिनेमा मारमा परेका छन् । चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘प्रेमगीत ३’ पनि अब निर्धारित समयमा रिलिज नहुने भएको छ ।

सोही मितिमा प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘चपली हाइट ३’ पनि अब सो मितिमा रिलिज नहुने भएको छ । यस्तै ‘लक्का जवान’ को प्रदर्शन मिति पनि स्थगित गरिएको छ ।

सय दिन लगाएर शूटिङ सकिएको फिल्म ‘प्रेमगीत ३’ अब चैत्र २८ मा रिलिज नहुने निर्माता तथा निर्देशक सन्तोष सेनले बताए ।

खबरहबसँगको कुराकानीमा सेनले भने, ‘अब त फिल्म रिलिज नै नहुने भयो, यदि रिलिज नै हुने भएको भए पनि सबै काम सक्न हामीलाई गाह्रो पर्ने रहेछ ।’

यतिबेला फिल्मको सम्पादनको काम चलिरहेको निर्माता सेनले बताए । उनका अनुसार ३ दिनअघि मात्र फिल्मको रिसुट गर्नका लागि टिम मुस्ताङ पुगेको थियो । केही दृश्य पुनः छायांकन गरेर फर्किएको टिमले चैत्र २८ मा फिल्म रिलिज गर्ने तयारी गरिरहेको थियो ।

अहिलेसम्म फिल्मको ट्रेलर सार्वजनिक गरिएको छैन । निर्माता सन्तोष सेनका अनुसार फिल्मको ट्रेलर सार्वजनिकको तयारी भइरहेको थियो तर अब भने केही हप्तापछि माहोल हेरेर ट्रेलर सार्वजनिक र नयाँ मिति तय गरिनेछ ।

टिमले केही गीत र ट्रेलर केही समयपछि सार्वजनिक गर्ने बताएको छ । यो फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

एक प्रतिबन्धित प्रेमकथा भनिएको यो फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् भने निर्माता सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ४ : ३६ बजे

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द