क्वारेनटाइनमा सोनम: कोरोनाका डरले परिवारबाट पनि छिन् टाढा « Khabarhub

क्वारेनटाइनमा सोनम: कोरोनाका डरले परिवारबाट पनि छिन् टाढा


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री सोनम कपूर र उनका पति आनन्द आहुजा मंगलवार लण्डनबाट भारत फर्किएका छन् । सोनमले कोरोना भाइरस फैलिने डरले १४ दिन आफूलाई अरुबाट छुट्टै राखेकी छिन् ।

सोनमको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ । हालै सोनम र उनकी सासु टाढैबाट कुराकानी गरेको भिडियो सामाजिक सञ्जालमा छाएको छ ।

भिडियोमा सासु र सोनम घरको छत र भुइँबाट कुरा गरेको देख्न सकिन्छ ।

यतिबेला सोनम कपूर मात्र नभएर बलिउडका कैयन् हस्ती सेल्फ क्वारेनटाइनमा बसिरहेका छन् । अमिताभ बच्चन, आलिया भट्ट लगायत सेल्फ क्वारेनटाइटमा बसिरहेका छन् ।

सोनम पनि निकै नै सचेतना अपनाएर र अरुबाट टाढै बसेर क्वारेनटाइनमा बसिरहेकी छिन् । उनले हालै अर्को एक भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोमा सोनमले पति आनन्द आहुजासँग खाना खाइरहेकी थिइन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ६ : १४ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्