कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुग्यो, २३ लाख ३० हजारबढी संक्रमित « Khabarhub

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुग्यो, २३ लाख ३० हजारबढी संक्रमित


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित छन् ।

अहिलेसम्म ५ लाख ९६ हजार ४८२ जना उपचारपछि घर फर्किएका छन् ।१५ लाख ७३ हजार ५५२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५५ हजार २६५ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टाको अविधिमा ६ हजार ५०५ जनाको ज्यान गएको छ । ८१ हजार २८७ नयाँ संक्रमित फेला परेका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ ।

अमेरिकामा एकैदिन २८ हजार ९६२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ६९७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ६८ जार २६९ जना उपचारपछि निको भएका छन् । १३ हजार ५५१ जनाको अवस्था गम्भीर रहेको छ । ६ लाख ३१ हजार ४१७ जना उपचाररत छन् ।

कोरोना भाइरसको महामारीले इटालीमा २३ हजार भन्दा धेरैको मृत्यु भएको छ । शनिबार थप ४८२ को मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार २२७ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ७५ हजार ९२५ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ४४ हजार ९२७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ७ हजार ७७१ जनामध्ये २ हजार ७३३ को अवस्था गम्भीर रहेको छ । इटाली कोरोना भाइरसले युरोपमा सबैभन्दा बढी प्रभावित भएको मुलुक हो ।

झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट स्पेनमा २० हजार ६३९ जनाको मृत्यु भएको छ । १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६३७ जनाको मृत्यु भएको छ भने ३ हजार ५७७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा संक्रमितमध्ये ७४ हजार ७९७ जना उपचारपछि निको भएका छन् । उपचारारत ९८ हजार ९८० जनामध्ये ७ हजार ३७१ जनाको अवस्था गम्भीर ।

बेलायतमा पछिल्लो २४ घण्टामा ८८८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४६४ पुगेको छ ।

एकै दिन ५ हजार ५२५ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख १४ हजार २१७ पुगको छ ।

बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८९ हजार ४०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ । भारतमा एकैदिन १ हजार ३७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ७२२ पुगेको छ ।

भारतमा संक्रमितमध्ये २ हजार ४६३ जना उपचारपछि निको भएका छन् । १२ हजार ७३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ६ : ३३ बजे

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?

रोमानियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको लागि नयाँ उम्मेदवार मनोनीत

बुखारेस्ट– रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रपति निकुसोर